आज अमेरिकी राष्ट्रपतिबिरुद्ध महाअभियोग लगाउँदै, यस्तो छ प्रकृया


प्रकाशित मिति : पुस २, २०७६ बुधबार

आज अमेरिकी राष्ट्रपति डोनाल्डबिरुद्ध अमेरिकी संसदको तल्लो सदनले महाअभियोग लगाउँदैछ । हाउसमा ट्रम्पबिरुद्ध तयार पारिएका महाअभियोगका दुईवटा दस्तावेजमा मतदान हुने भएको छ ।

आज विहान १० बजेदेखि ११ बजेसम्म महाअभियोग लगाउने नियममा मतदान हुनेछ । त्यसपछि झण्डै ६ घण्टासम्म महाअभियोगका लागि तयार पारिएका दुईवटा दस्तावेजमा छलफल हुने जनाइएको छ ।

उक्त छलफलपछि हाउसमा मतदानका लागि महाअभियोग दस्तावेजहरु लगिने छ । तर मतदान हुँदासम्म आजराती हुने अनुमान गरिएको छ । डेमोक्र्याट्सहरुको बहुमत रहेको हाउसबाट महाअभियोगका दस्तावेजहरु सहजै पारित हुने अपेक्षा गरिएको छ ।

महाअभियोग मतदानपछि महाअभियोग मेनेजर छनौटका लागि मतदान हुनेछ । मतदान अगाडिको ६ घण्टा लामो बहसमा डेमोक्र्याट्सहरु र रिपब्लिकनहरुका लागि बराबर समय बाँडिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै भनेका छन् तपाई विश्वास गर्नुहुुन्छ ? मलाई आज अतिवादी डेमोक्र्याट्सहरुले महाअभियोग लगाउँदैछन् । मैले केही गलत गरेको छैन ।

अमेरिकी इतिहासमा कालो दिन

आज अमेरिकी संसदको तल्लो सदनबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाईदैछ । जुन अमेरिकी इतिहासकै कालो दिन हुनेछ । अमेरिकाको साढे २ सयबर्ष इतिहासमा राष्ट्रपति ट्रम्प महाअभियोग लगाइने तेश्रो राष्ट्रपति हुनेछन् ।

शक्तिको दुरुपयोग गरेको अभियोगमा अमेरिकाका ४५ औं राष्ट्रपतिलाई अमेरिकी संसदको तल्लो सदनमा महाअभियोग लगाईदैछ । राष्ट्रपति ट्रम्पले प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीलाई एक आक्रमक पत्र पठाएका छन् ।

प्रतिनिधिसभाको पूर्ण सदनमा मतदान हुनुभन्दा एकदिन अगाडि मंगलबार ट्रम्पले ६ पृष्ठ लामो पत्र पठाएका हुन् । कोहीपनि बुद्धिमान व्यक्तिले डेमोक्र्याट्सहरुको कुरा विश्वास नगर्ने ट्रम्पले पत्रमा उल्लेख गरेका छन् ।

पत्रका मुख्य बुंदाहरु यस्ता छन्

– यस महाभियोगले डेमोक्र्याट सांसदहरूबाट अभूतपूर्व र असंवैधानिक शक्तिको दुरुपयोगको प्रतिनिधित्व गर्दछ ।

– तपाईहरुले धेरै कुरूप शब्दको महाभियोगलाई सस्तो बनाउनुभयो ।

– तपाईंको अमान्य महाभियोगको प्रक्रियालाई अघि बढाउँदै, तपाईंले आफ्नो शपथ पदको उल्लंघन गरिरहनु भएको छ । तपाईं संविधानप्रतिको निष्ठा तोड्दै हुनुहुन्छ, र अमेरिकी अमेरिकी प्रजातन्त्रविरुद्ध खुला युद्धको घोषणा गर्दै हुनुहुन्छ।

– तपाईले अमेरिकाका संस्थापकहरुलाई अपमान गर्नेभन्दा पनि नराम्रो, तपाईले अमेरिकी जनताको विश्वासलाई निरन्तर अपमान गर्दै हुनुहुन्छ । जबकि तपाईलाई नकारात्मक रुपले अभिप्रेरित नभएसम्म यी आरोपहरु सत्य होइनन् भन्ने थाहा छ ।

– तपाईंलाई राम्ररी थाहा छ कि उपराष्ट्रपति बाइडेनले आफ्नो कार्यालय र १ अरब डलर अमेरिकी सहयोगको पैसा दुरुपयोग गरेर आफ्ना छोरालाई लाखौं डलर भुक्तानी गरिरहेका अभियोजनकर्तालाई हटाउनका लागि प्रयोग गरेका थिए ।

– अहिले तपाईंहरु जो बाइडेनले आफूले स्वीकारेको कुरामा मलाई गलत तरिकाले आरोपित गरेर महाअभियोग लगाउन खोज्दै हुनुहुन्छ ।

– राष्ट्रपति ज़ेलेन्स्कीले बारम्बार घोषणा गर्नुभएको छ कि मैले केही गल्ती गरेको छैन, र त्यहाँ कुनै दबाब छैन।

– तपाईंले अमेरिकामा प्रजातान्त्रिक तवरले चुनिएका राष्ट्रपतिमाथि नक्कली अनुसन्धान गर्नुभयो।

– जब म विदेशी देशहरूसँग कुरा गर्छु, त्यहाँ धेरै व्यक्तिहरू अनुमतिसहित नै कुराकानीको दुबै तिरको आवाज सुन्दै हुन्छन् ।

– अमेरिकी चुनावमा हस्तक्षेप त तपाईहरु गर्दै हुनुहुन्छ। तपाईले अमेरिकाको प्रजातन्त्रलाई उल्टाउन खोज्दै हुनुहुन्छ।

– फोन कल सार्वजनिक गरिए पछि तपाईको सबै कथा हावामा उड्यो तर तपाइहरुलाई निरन्तरताबाट भने रोक्न सकेन ।

– म यो पत्र तपाईंलाई ईतिहासको उद्देश्यको लागि लेख्दैछु र मेरो विचारलाई स्थायी र अमिट रेकर्डमा राख्छु।

अमेरिकी राष्ट्रपति ट्रम्पको पत्रको पूर्ण पाठ

महाअभियोग प्रस्ताबका दुईवटा आर्टिकलहरुमध्ये एउटामा ट्रम्पले शक्तिको दुरुपयोग गरेर आफ्ना राजनीतिक प्रतिद्धन्दीमाथि अनुसन्धानका लागि युक्रेनलाई दवाव दिएको तथा अमेरिकी सुरक्षा सहायता र ह्वाइट हाउसको बैठक रोकेको आरोप लगाइएको छ । अर्कोमा गवाहहरुलाई रोकेर अनुसन्धानमा बाधा हालेको तथा उपस्थीतिका लागि दिइएको सुचना अवज्ञा गरेको आरोप लगाइएको छ ।

अब यी दुईवटै आर्टिकलहरु प्रतिनिधिसभामा मतदानमा लागि लगिने भएको छ । यदि प्रतिनिधिसभामा साधारण बहुमतबाट यो पारित भएमा ट्रम्प अमेरिकी इतिहासमा औपचारिक रुपमा महाअभियोग लगाइएका तेश्रो राष्ट्रपति हुनेछन् । यस अगाडि न्यायायिक समितिबाट महाअभियोग प्रस्ताव अगाडि बढेपछि रिचार्ड निक्सनले राजिनामा दिएका थिए ।

तल्लो सदनबाट पारित भएपछि अमेरिकी सिनेटमा सर्बोच्च अदालतका प्रधानन्यायाधिसको अध्यक्षतामा यसबारे परीक्षण हुनेछ । हाउसबाट पारित भएपनि महाअभियोग प्रस्ताव सिनेटबाट पारित हुने सम्भावना भने न्यून रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com