न्युयोर्क म्यानहटनमा १३ बर्षका केटाको समुहबाट गाँजा किन्न गएकी किशोरीको यसरी हत्या


प्रकाशित मिति : मंसिर ३०, २०७६ सोमबार

न्युयोर्कमा गाँजा किन्न म्यानहटन पार्कमा गएकी १८ बर्षीयालाई १३ बर्षका टिनएजरको समुहले हत्या गरेको खुलासा भएको छ । स्लेन बर्नाड कलेजकी विद्यार्थी समेत रहेकी टेसा मेजरको म्यानहटन पार्कमा चक्कु प्रहारबाट हत्या भएको थियो । उनी त्यहाँ गाँजा किन्न गएको अनुसन्धानबाट खुलेको छ ।

बुधबार बेलुका ७ बजे स्कुल नजिकैको मोर्निंगसाइड पार्कमा गएको बेला उनीमाथि टीनएजरको एउटा समुहले आक्रमण गरेको थियो । लुटपाटमा संलग्न उक्त समुहले टेसा मेजरमाथि आक्रमण गरेका थिए । एकजना सेक्युरिटी गार्डले फोन गरेपछि घटनास्थल पुगेको प्रहरीले उनलाई तत्काल अस्पताल लगेपनि बचाउन भने सकेनन् ।

हत्या भएको पार्क ।

घटनापछि अनुसन्धानका क्रममा घटनास्थल पुगेको प्रहरीले नजिकैको स्टोरमा सोध्दा त्यहाँका कामदारले टीनएजरको समुहले आक्रमण गरेको हुनसक्ने बताएका थिए । किनभने उक्त समुहले ५ दिन अगाडि पनि एकजना टीनएजर केटीमाथि आक्रमण गरेका थिए ।

ती केटीमाथि १३ बर्षको समुहका केटाहरुले आक्रमण गरेर भुईमा लडाएका थिए । तर उनले एकजना महिलाले केटाहरुको फोटो खिचेर तत्काल प्रहरीलाई खबर गरेपछि उनीहरु त्यहाँबाट भागेका थिए । अहिले १८ बर्षीयाको हत्यामा पनि तिनै केटाहरुको आंशका गर्दै अनुसन्धानकर्ताहरुले अनुसन्धानको सुरुवात गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नजिकैको डेली स्टोर ।

प्रहरीले उनीहरुलाई पक्राउ गरिसकेको छ भने १३ बर्षको केटालाई टेसा मेजरको हत्याको अभियोग लगाएको छ । त्यस्तै प्रहरीले अर्को एकजना १४ बर्षको केटालाई पनि हिराशतमा लिएको छ । तेश्रो केटाभने अहिलेसम्म फरार रहेको छ ।

केटाहरुले आक्रमणगरेपछि टेसा मेजरले प्रतिरोध समेत गरेकी थिइन् । उनले केटाहरुको औंलामा समेत टोकेकी थिइन् । जुन कुरा अदालती सुनुवाईका क्रममा खुलासा भएको छ । अदालतमा पेश गरिएको १३ बर्षको केटाले दुईजनाले टेसा मेजरको हत्या गरेको र आफूले केबल हेरेको बयान दिएको थियो ।

टेसाले अध्ययन गर्ने कलेज ।

शुक्रबारको सुनुवाई अदालतले १३ बर्षको उक्त केटालाई विना जमानत हिराशतमा राख्न आदेश दिएको छ । आक्रमणकारीहरु कम उमेरका भएका कारण उनीहरुको नाम सार्वजनिक गरिएको छैन ।

सुरुमा ती केटाहरुले पार्क नजिक अर्कै व्यक्तिलाई लुट्ने योजना बनाएका थिए । तर पछि उनीहरुले टेसा मेजरलाई देखेपछि उनलाई आक्रमण गरेर लुटपाट गर्ने योजना बनाएका थिए । सुरुमा टेसा मेजरको घाँटी अठ्याएर उनको खल्तीबाट सामानहरु निकालेका थिए । र पछि चक्कु हानेका थिए ।

टेसाको श्रद्धाञ्जली ।

त्यसपछि उनीहरु वालेट लिएर त्यहाँबाट भागेका थिए । घटनास्थलमा चार इन्चको फोल्ड गर्न मिल्ने ब्लेड भेटिएको थियो । जहाँ आक्रमणकारीको फिंगरप्रिन्ट समेत थियो । बिहिबार प्रहरीले १३ बर्षको केटालाई नियन्त्रणमा लिएपछि आक्रमणबारे सबै खुलासा भएको हो । आगामी मंगलबार उसलाई पुन अदालतमा पेश गरिने भएको छ ।

टेसा मेजर ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com