गणेशको तस्वीर अंकित अण्डरवेयर निकाल्ने कम्पनीले माग्यो माफी, बिक्रिबाट समेत हटाइयो


प्रकाशित मिति : मंसिर २८, २०७६ शनिबार

अमेरिकाको न्युजर्सीमा रहेको एउटा कपडा उत्पादन कम्पनीले गणेशको तस्वीर अंकित अण्डरवेयर निकालेकोमा हिन्दुहरुको विरोधपछि उक्त अण्डरवेयरको बेचविखन बन्द गरिएको छ । कम्पनीले उक्त अण्डरवेयर बिक्रिको सुचीबाट अनलाइनबाट समेत हटाइएको जनाइएको छ ।

कम्पनीले माफी माग्दै उक्त अण्डरवेयरको बिक्रि हटाएको जनाएको छ । तेश्रो पक्ष डिजाइनरले डिजाइन गर्दा त्यस्तो गल्ती हुन गएको भन्दै कम्पनीले यसबाट पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ ।

न्युजर्सीको क्लिफ्टनमा मुख्यालय रहेको उक्त कम्पनीले अण्डरवेयरमा गणेशको तस्वीर प्रिन्ट गरेर बजारमा ल्याएको थियो ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कस्टोमन नामको कम्पनीले यस्तो अण्डरवेयर ल्याएपछि हिन्दु धर्म र भगवानको अपमान भएको भन्दै विरोध गरिएको हो । गणेशको तस्वीर अंकित उक्त अण्डरवेयरको मूल्य १८ डलर ६४ सेन्टस राखिएको थियो ।

उक्त उत्पादनबारेको सेक्सनमा राम्ररी बनाइएको कट्टुमा कामुक देखिन सकिने उल्लेख थियो । यो कम्पनीले टिसर्ट, ज्याकेट लगायतका सामाग्रीहरु समेत बेच्दै आएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com