मल्टिमिडिया अवार्ड जितेसँगै अनुष्का मिस वर्ल्डको टप ३० मा प्रवेश


प्रकाशित मिति : मंसिर २७, २०७६ शुक्रबार

मिस नेपाल अनुष्का श्रेष्ठले ६९औं संस्करणको मिस वर्ल्डको मल्टिमिडिया अवार्ड जितेकी छन्।

मिस वर्ल्ड २०१९ का लागि प्रतिस्पर्धामा रहेकी अनुष्काले मल्टिमिडिया अवार्ड जित्दै उपाधिका लागि बलियो स्थान बनाएकी हुन् । उनी मल्टिमिडिया अवार्ड जितेसँगै टप ३० मा प्रवेश गर्न सफल भएकी छन्।

यसअघि उनले ‘हेड टु हेड’ च्यालेन्जसमेत जितेकी थिइन्। उक्त अवार्ड जितेर ११२ देशका प्रतिस्पर्धी सुन्दरीमाझ उनी टप ४० मा परेकी थिइन्।

यसबाहेक उनीब्युटी विथ पर्पोसको टप १० मा पनि परेकी छन् 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालले भोटिङमा सबैभन्दा बढी मत पाएमा सीधै टप २० मा प्रवेश गर्नेछ। त्यसको लागि बढीभन्दा बढी भोट गर्नुपर्ने हुन्छ।

१४ डिसेम्बरमा सम्पन्न हुने फाइनलमा उत्कृष्ट १० सुन्दरीबीच प्रतिस्पर्धा हुनेछ। उनीहरूमध्ये टप ५ जनालाई मात्र मिस वल्र्डको उपाधिका लागि सहभागी गराइने मिस वर्ल्डको नियम छ।

लन्डन एक्सेल हलमा ताजका लागि शनिबार हुने ६९ औं मिस वर्ल्ड प्रतियोगितामा एक सय ११ मुलुकका सुन्दरीले प्रतिस्पर्धा गर्दै छन् 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com