मल्टिमिडिया अवार्ड जितेसँगै अनुष्का मिस वर्ल्डको टप ३० मा प्रवेश


प्रकाशित मिति : मंसिर २७, २०७६ शुक्रबार

मिस नेपाल अनुष्का श्रेष्ठले ६९औं संस्करणको मिस वर्ल्डको मल्टिमिडिया अवार्ड जितेकी छन्।

मिस वर्ल्ड २०१९ का लागि प्रतिस्पर्धामा रहेकी अनुष्काले मल्टिमिडिया अवार्ड जित्दै उपाधिका लागि बलियो स्थान बनाएकी हुन् । उनी मल्टिमिडिया अवार्ड जितेसँगै टप ३० मा प्रवेश गर्न सफल भएकी छन्।

यसअघि उनले ‘हेड टु हेड’ च्यालेन्जसमेत जितेकी थिइन्। उक्त अवार्ड जितेर ११२ देशका प्रतिस्पर्धी सुन्दरीमाझ उनी टप ४० मा परेकी थिइन्।

यसबाहेक उनीब्युटी विथ पर्पोसको टप १० मा पनि परेकी छन् 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालले भोटिङमा सबैभन्दा बढी मत पाएमा सीधै टप २० मा प्रवेश गर्नेछ। त्यसको लागि बढीभन्दा बढी भोट गर्नुपर्ने हुन्छ।

१४ डिसेम्बरमा सम्पन्न हुने फाइनलमा उत्कृष्ट १० सुन्दरीबीच प्रतिस्पर्धा हुनेछ। उनीहरूमध्ये टप ५ जनालाई मात्र मिस वल्र्डको उपाधिका लागि सहभागी गराइने मिस वर्ल्डको नियम छ।

लन्डन एक्सेल हलमा ताजका लागि शनिबार हुने ६९ औं मिस वर्ल्ड प्रतियोगितामा एक सय ११ मुलुकका सुन्दरीले प्रतिस्पर्धा गर्दै छन् 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com