फिनल्याण्डका राष्ट्रपतिद्वारा प्रधानमन्त्रीमा मारिन नियुक्त : मन्त्रीमण्डलमा ७ पुरुष, १२ महिला


प्रकाशित मिति : मंसिर २५, २०७६ बुधबार

फिनल्याण्डको सोसल डेमोक्र्याटिक पार्टीकी नेत्री सन्ना मरिन प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ ।

फिनल्याण्डका राष्ट्रपति सौली निनिस्टोले ३४ वर्षीया मारिनलाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै उहाँ विश्वका बहालवाला प्रधानमन्त्रीहरूमध्ये उमेरले सबैभन्दा कान्छो उमेरकी प्रधानमन्त्री बन्नु भएको छ ।

साथै उहाँ फिनल्याण्डको तेस्रो महिला प्रधानमन्त्री हुनुभएको छ । मारिन नेतृत्वको सरकारमा १२ जना मन्त्री पनि महिला नै बन्ने तय भइसकेको छ । सो मन्त्रीमण्डलमा पुरुष भने सात जना मात्रै रहने जनाइएको छ ।

पार्टी र गठबन्धनले केही दिन अगाडि प्रधानमन्त्री बनाउन चयन गरेपछि मारिनलाई मङ्लबार संसद् बैठकले पनि प्रधानमन्त्रीको रूपमा निर्वाचित गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संसद्मा भएको निर्वाचनमा उहाँले ९९ मत पाउनु भएको थियो भने ७० जनताले उहाँको विपक्षमा मत हालेका थिए । त्यसैगरी अरू ३० जना सांसद अनुपस्थित भएका थिए ।

फिनल्याण्डको संविधानअनुसार संसद्मा सबैभन्दा ठूलो दल एसडीपीले प्रधानमन्त्रीका रूपमा सिफारिस गरे पनि त्यसलाई संसद्ले अनुमोदन गर्नुपर्ने हुन्छ । प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएका अन्ति रिन्नेको पार्टीले मन्त्रीसमेत रहेकी मरिनलाई प्रधानमन्त्री बनाउने निर्णय गरेपछि उहाँ प्रधानमन्त्री बन्ने निश्चित भएको थियो ।

उहाँ आफ्नो पार्टीकी उपाध्यक्ष पनि हुनुहुन्छ । उहाँले आफ्नो पार्टी अध्यक्षले बिरामी बिदा लिँदा गत वर्ष पार्टीको नेतृत्व सम्हाल्नुभएको थियो भने सन् २०१५ देखि उहाँले फिनल्याण्डको जनप्रतिनिधिका रूपमा संसद्मा प्रतिनिधित्व गर्दै आउनुुभएको छ ।

प्रधानमन्त्री बन्नुअघिसम्म उहाँ निवर्तमान सरकारमा गत जुन महिनादेखि यातायात तथा सञ्चार मन्त्री बन्नुभएको थियो ।

हुलाक सेवामा भएको हडतालको विषयले नराम्रो रूप लिँदै गएपछि निवर्तमान प्रधानमन्त्री रिन्नेले विश्वासको मत गुमाएर राजीनामा दिनुभएको हो । उहाँलाई गठबन्धनमा रहेकै दलका सांसदहरूले असहयोग गरेका थिए ।

निवर्तमान प्रधानमन्त्रीलाई असहयोग गरेका दलहरू पनि नयाँ गठबन्धनसमेत सँगै रहेका छन् । गठबन्धनमा सोसल डेमोक्र्याट्स, सेन्टर, ग्रिन्स, लेफ्ट एलाइन्स र स्वेडिस पिपल्स पार्टी रहेका छन् । उनीहरूमध्ये सेन्टरले निवर्तमान प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको हो । गत अप्रिलमा गरिएको निर्वाचनबाट सोसल डेमोक्र्याटिक पार्टी ठूलो दल बनेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com