अमेरिकी र दक्षिण कोरियाली राष्ट्रपति उत्तर कोरियासँग वार्ताका लागि सहमत


प्रकाशित मिति : मंसिर २१, २०७६ शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन उत्तर कोरियासँगको वार्ताका लागि सहमत हुनुभएको छ ।
उहाँहरुबीच शनिबार बिहान फोन वार्ता भएको दक्षिण कोरियाको राजधानी सोलबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।

उहाँहरुबीच उत्तर कोरियाका कारण कोरियाली प्रायद्धीपको अवस्था झन खराब हुदै गएको भन्दै त्यसका लागि पनि जतिसक्दो चाँडै वार्ता गर्नुपर्नेमा सहमति भएको बताइएको छ ।
यसअघि अमेरिका र उत्तर कोरियाबीच भियतनामको हनोइमा भएको वार्ताका क्रममा निशस्त्रीकरणका लागि उत्तर कोरिया अघि बढ्ने सहमति भएको भनिएको भए पनि त्यसो हुन नसकेको पाइएको छ ।
यसैका कारण उत्तर कोरियासँगको वार्ता अवरुद्ध भएको र राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समयमा उत्तर कोरियामा झन बढी समस्या देखिएको बताउनुभएको थियो ।
शनिबार बिहान भएको फोनवार्ता यसै विषयमा केन्द्रित रहेको बताइएको छ । यस विषयमा उहाँहरु सहमत पनि हुनुभएको प्राप्त समाचारमा जनाइएको छ ।

दक्षिण कोरियाको राष्ट्रपति कार्यालयका प्रवक्ता को मिन जुनले भन्नुभएको छ – वार्ता कोरियाली प्रायद्धीपको वर्तमान अवस्थाका बारेमा थियो र त्यहाँको पछिल्लो अवस्था डरलाग्दो हुदै गएकोले यसका लागि उत्तर कोरियासँग वार्ता गर्नुपर्नेमा उहाँहरु सहमत हुनुभएको छ ।

प्रवक्ता जुनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरियाली राष्ट्रपति इनलाई फोन गर्नुभएको जानकारी दिनुभयो ।
टेलिफोन वार्तापछि उत्तर कोरियाका कारण कोरियाली प्रायद्धीपको अवस्था दिन प्रतिदिन बिग्रिँदै गएकोले उत्तर कोरियाको आणविक निशस्त्रीकरणसम्बन्धी प्रतिबद्धताको निरन्तरताका लागि पनि वार्ता गर्नु आवश्यक भएको उहाँले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीच निःशस्त्रीकरणसम्बन्धी वार्तामा अझै पनि ठोस प्रगति हुन नसकेको दक्षिण कोरियाले हिजो मात्र बताएको थियो ।

दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयका उपप्रवक्ता किम इयोन हानले शुक्रबार राजधानी सोलमा आयोजित पत्रकार सम्मेलन सो धारणा राख्नुभएको थियो ।

उहाँले भन्नुभयो, “आणविक कार्यक्रम र निःशस्त्रीकरणका विषयमा अमेरिका र उत्तर कोरियाबीच सहमति कायम भएको छ भन्ने लाग्दैन, उनीहरु अझै पनि यस विषयमा वार्तामा नै छन् । यस विषयमा हालैमात्र पनि उत्तर कोरियाले आफ्नो धारणा सार्वजनिक गरेको थियो । उत्तर कोरियाले पनि अमेरिकासँग सहमति हुन नसकेको आशय व्यक्त गरेको थियो ।”

तर दक्षिण कोरियाले भने अमेरिका र उत्तर कोरियाबीच यस विषयमा वार्ता होस् भन्ने चाहेको उहाँको भनाई थियो । उत्तर कोरिया र अमेरिकाबीच शान्तिवार्ता होस् र दिगो शान्तिका लागि पहल होस् भन्ने पक्षमा दक्षिण कोरिया रहेको छ– उपप्रवक्ता किम इयोन हानले शुक्रबार सोलमा आयोजित पत्रकार सम्मेलनमा भन्नु भएको थियो ।

हालैमात्र एकजना उत्तर कोरियाली मन्त्रीले पनि यसै आशयको भनाई सार्वजनिक गर्नुभएको थियो । उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाईको विरोध गर्नुभएको थियो ।

राष्ट्रपति ट्रम्पले उत्तर कोरियाका विरुद्धमा सैन्य शक्ति पनि प्रयोग हुन सक्ने भन्दै यसको सम्भावनाको बारेमा धारणा राख्नुभएको थियो । सो विषयमा उत्तर कोरियाले अमेरिकाको विरोध गरेको छ । गत मङ्गलबार उहाँले नेटोको बैठकका क्रममा सो धारणा राख्नुभएको थियो ।

तर यस भनाईको उत्तर कोरियाले व्यापक विरोध गरेको छ । राष्ट्रपति ट्रम्पले सकेसम्म यस्तो सैन्य शक्तिको प्रयोग उत्तर कोरियाको विरुद्धमा गर्नु नपरोस् यदि गर्नुपर्यो भने पनि अमेरिकाले गर्नेछ भनी टिप्पणी गर्नुभएको थियो । अमेरिका र उत्तर कोरियाको यो भनाई पछि शुक्रबार यता दक्षिण कोरियाको तर्फबाट पनि यस्तो भनाई सार्वजनिक भएको थियो ।

यसैका आधारमा दक्षिण कोरियाले उत्तर कोरिया र अमेरिकाका बीचमा निःशस्त्रीकरणका बारेमा कुरा नमिलेको अनुमानसहितको यो धारणा राखेको हो । केही दिनमात्र अघि अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारले पनि उत्तर कोरियाले आणविक कार्यक्रम त्यागेर निःशस्त्रीकरणमा नजाने हो भने संयुक्तराज्य अमेरिकाले उसमाथि नाकाबन्दी लगाउने बताउनुभएको थियो ।

अमेरिका र उत्तर कोरियाबीच सिंगापुरमा भएको पहिलो चरणको शिखर वार्तामा उत्तर कोरिया निःशस्त्रीकरणको विषयमा सहमत भएको बताइएको थियो ।तर पनि उत्तर कोरियालाई आणविक शस्त्र मुक्त बनाउने पक्षमा भने कुनै काम नभएको अमेरिकाको आरोप रहदै आएको छ । तैपनि आफूहरू सोही प्रक्रियामा भएको उत्तर कोरियाको भनाई छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत फेब्रुअरीको २७ र २८ तारिखमा भियतनामको हनोईमा दोस्रो चरणको वार्ता भएको थियो ।

सो शिखर वार्तामा कुनै उल्लेखनीय विषयमा सहमति नभए पनि वार्ता भने सौहार्दपूर्ण नै भएको बताइएको थियो ।

हनोई वार्ता सकारात्मक र प्रगतिउन्मुख रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि प्रतिक्रिया दिनुभएको थियो । पहिलो चरणको वार्तामा निःशस्त्रीकरणको प्रतिबद्धता अघि सारेको उत्तर कोरियाले भने सोही बमोजिम काम गरिरहेको बताइरहेको भएपनि त्यसमा कुनै प्रगति हुन नसकेको अमेरिकी भनाई छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com