बुधबारको महाअभियोग सुनुवाईमा ट्रम्प सहभागी नहुने


प्रकाशित मिति : मंसिर १५, २०७६ आईतबार

आइतबार राती ह्वाइट हाउसले एउटा उग्र प्रकारको पत्र जारी गर्दै आगामी बुधबार हुने भनिएको अमेरिकी प्रतिनिधिसभाको न्यायिक समितिको पहिलो महाअभियोग सुनुवाईमा राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी नहुने स्पष्ट पारेको छ । राष्ट्रपति ट्रम्प लण्डनमा हुने नाटोको बैठकमा सहभागी हुने जान्दाजान्दै प्यानलका डेमोक्रेटिक अध्यक्षले बदनियतपूर्वक बुधबार सुनुवाई राखेको ह्वाइट हाउसको पत्रमा जनाइएको छ ।

पत्रमा ट्रम्पबिरुद्धको अनुसन्धान आधारहिन र अत्याधिक पक्षपाती भएको बताउँदै यसले विगतका सबै ऐतिहासिक उदाहरणहरु र मौलिक निष्पक्षताको उल्लंघन गर्ने जनाइएको छ । विगतमा राष्ट्रपति बिल क्लिन्टनको सन्दर्भमा भएको यस्तै सुनुवाईमा राष्ट्रपतिका वकिलले सुझाएको मितिमा सुनुवाई राखिएकोमा अहिले त्यसो नगरिएको भन्दै पत्रमा आपत्ति जनाइएको छ ।

अहिले तयारीका लागि अत्यन्तै कम समय दिएर प्रभावकारी रुपमा भाग लिनका अवशर प्रदान नगरेको पत्रमा उल्लेख छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पत्रको पूर्ण पाठ यहाँ उपलब्ध छ ।

महाभियोग कंग्रेसले राष्ट्रपतिलाई पदबाट हटाउन सक्ने दुईवटा राजनीतिक प्रक्रियाको पहिलो भाग हो। यदि तल्लो सदनले महाभियोग प्रस्ताव पारित गरेमा त्यसमा माथिल्लो सदनले सुनुवाइ गर्नुपर्ने बाध्यता हुनेछ। तर माथिल्लो सदनमा त्यो पारित गर्न दुईतिहाइ बहुमत आवश्यक पर्नेछ।

यो मुद्दामा ट्रम्पको दलको पकड रहेको उक्त सदनबाट त्यो पारित हुने सम्भावना कमजोर देखिन्छ। केवल दुई राष्ट्रपतिलाई अमेरिकाको इतिहासमा महाभियोग लगाइएको थियो। तर दुवै जनाविरुद्ध न अभियोग पुष्टि भयो न उनीहरू पदमुक्त भए।

ट्रम्पबिरुद्धको महाअभियोगको मामला हजारौं पृष्ठका बयानहरु र घण्टौंका सार्वजनिक जटिल भएको छ । धेरै अमेरिकीहरूलाई युक्रेनको सहभागिताबारे जानकारी छैनभने डेमोक्र्याटहरुले यो विषय पाच्य बनाउन थप संघर्ष गर्नुपर्ने देखिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com