मष्तिष्कमा चोटपछि बालबालिकामा देखिने अल्प निद्राका कारण स्मरण शक्तिमा समस्या


प्रकाशित मिति : मंसिर १४, २०७६ शनिबार

बालबालिकाको मष्तिष्कमा चोट लागेको केही हप्तापछि देखिने निद्राको समस्या, थकावट र ध्यानमा एकाग्रता नआउने र यसका कारण मष्तिष्कको स्मरण शक्तिमा नै कमी आउने हालै सार्वजिनिक अष्ट्रेलियाली अनुसन्धान प्रतिवेदनले देखाएको छ ।

अष्ट्रेलियाको क्विन्सल्याण्ड विश्वविद्यालयमा चिकित्साशास्त्र अध्ययनरत अनुसन्धानकर्ताहरूले मष्तिष्कमा चोट लागेपछि यसको भागमा देखिने सानातिना दागका कारण बालबालिकामा अल्पनिद्राको समस्या आउने र यसले दीर्घकालसम्म उनीहरूको स्मरण शक्तिलाई कमजोर बनाउने ‘म्याग्नेटिक रिसोनेन्स इमेजिङ’ (एमआरआई) रिपोर्टको लामो समयको अध्ययनपछि निष्कर्ष निकालेको डाक्टर कार्तिक लाएरले शुक्रबार राति जारी गरेको एक विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मष्तिष्कको काममा देखिने कमी कुन दरमा सुधार हुन्छ वा अझै विग्रिँदै गएको छ यसलाई हेरेर बच्चाको समस्या पूर्ण वा आंशिक रूपमा निको हुन्छ भन्ने कुरा अनुमान गर्न सकिने डाक्टर लाएरले बताउनुभयो ।

उहाँले भन्नुभयो, “चोटपछि बिरामीको स्मरण शक्तिमा देखिने समस्यामा कुन दरले सुधार आउँछ वा सुधार नै आउँदैन भन्ने बिषयलाई हेरेर एउटा चिकित्सकले उसको समस्या निको हुन्छ वा हुँदैन भन्ने अनुमान गर्ने गर्छ । चिकित्सकले विरामीको संज्ञानात्मक बानीको सुधार अभ्यास, समयमा निद्रा लाग्न औषधिको प्रयोग वा चिकित्सकीय हिसाबले सुरक्षित तथा नयाँ मानिने आधुनिक चिकित्साविधान जस्तै समस्यालाई फैलिन नदिन तनाबमुक्त पार्न र निद्राका लागि शान्त तथा स्वस्थ्य वातावरणको उपलब्धतालगायतका कुराले समस्यालाई क्रमश कम गर्दै जाने गर्छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अनुसन्धानमा सहभागी चिकित्सकले मष्तिष्कमा चोट लागेको दुईमहिनापछिका अवस्थामा स्मरण शक्तिमा कुन दरले सुधार हुनसक्छ वा हुँदैन भन्ने कुरालाई ८६ प्रतिशतसम्म सही अनुमान गर्न सफल भएका क्विन्स विश्वविद्यालयले जनाएको छ ।

डाक्टर लाएरले भन्नुभयो, “सामान्यतया, मष्तिष्कमा दीर्घखालको चोट लागेका बालबालिकाको लक्षण उनीहरूको दृष्टि, शरीरलाई चलाउने मष्तिष्क क्षेत्र र संज्ञानात्मक क्षेत्रमा फरक फरक हुनेगर्छ । तर अनुसन्धानले कसरी यो विकशित हुन्छ वा स्वास्थ्यमा भविष्यमा पुनः सुधार आउँछ भन्ने बिषयमा अनुसन्धानबाट प्रष्ट जानकारी हुन सकेन ।”

अनुसन्धानमा सम्लग्न डाक्टर लाएरले थप्नुभयो, “मष्तिष्क चोटका कारण बालबालिकालाई सामान्य गतिविधिमा फर्किन, विद्यालयमा अध्ययनका समयबाहेक अन्य अवस्थामा पनि उनीहरूको स्मरण शक्ति, बिषयप्रतिको तल्लिनता, निद्राको बानीमा गडबडी र स्वभावमा अस्वभाविक परिवर्तनजस्ता गम्भीर समस्या देखिन्छ । यी सबै कुराले स्वस्थ्य दिमागको विकासमा असर पार्ने गर्छ ।”

‘अन्नाल्स अफ क्लिनिकल एण्ड ट्रान्सलेसनल न्यूरोलोजी’ नामक विज्ञानसम्बन्धी जोर्नलमा प्रकाशित अनुसन्धानको निष्कर्ष के छ, “मष्तिष्कमा सामान्य चोट लागेका धैरै बालबालिकाको समस्या उपचारबाट ठीक हुन्छ , तर दशमा १० मध्ये एक अथवा १० प्रतिशत बालबालिकामा यसको दीर्घ असर रहन पनि सक्छ ।”

लाएरले भन्नुभयो,“टाउकोमा चोट लाग्नु सबैका लागि खतरा भएको र खासगरी बालबालिकाको टाउकोमा चोट लागेमा तत्काल चिकित्सकलाई देखाई विशेषज्ञ चिकित्सकको सल्लाह लिनु बाञ्छनीय छ ।”

खेलकूदमा भाग लिँदा वा साइकल, मोटरसाइकल वा स्कूटर चलाउँदा सुरक्षाका लागि टाउकोमा हेलमेट वा टाउकोमा चोट लाग्नबाट जोगाउने खालका पहिरन लगाउन लाएरले सुझाब दिनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com