लण्डन ब्रिजमा चक्कु हान्ने २८ बर्षको उस्मान खान, पहिले जेल बसेर जीपीएसमा छाडिएको व्यक्ति


प्रकाशित मिति : मंसिर १३, २०७६ शुक्रबार

लण्डनको लण्डन ब्रिजमा चक्कु आक्रमण गर्ने व्यक्तिको पहिचान प्रहरीले सार्वजनिक गरेको छ । आक्रमणकारी २८ वर्षीय उस्मान खान भएको प्रहरीले जनाएको छ । खानलाई सन् २०१२ मा एउटा आतंकवादी आक्रमणमा दोषी ठहर गरिएको थियो भने सन् २०१८ को डिसेम्बरमा जीपीएस लगाएर छाडिएको थियो ।

सन् २०१० मा लण्डन स्टक एक्सचेन्जमा बम राख्ने योजना बनाएको अभियोगमा उस्मानलाई सन् २०१२ देखि ८ बर्ष जेल हालिएको थियो ।

सन् २०१० मा क्रिसमस अगाडि आतंक फैलाउने योजना बनाएको खानलाई त्यतीेबेला अल कायदा सेलसँगै पक्राउ गरिएको थियो । यो तस्वीर उनीहरुले बम राख्ने योजना बनाए लगत्तैको हो ।

उस्मान खानले लण्डन ब्रिजमा गरेको चक्कु आक्रमणमा दुईजनाको मृत्यु भएको छ भने अरु कैयन घाइते भएका छन् । प्रहरीको गोली लागेर आक्रमणकारी उस्मान खानको पनि मृत्यु भएको छ ।

यसैबीच न्युयोर्कमा मेयर बिल डे ब्लाजिओले न्युयोर्करका तर्फबाट समवेदना व्यक्त गरेका छन् । न्युयोर्क सिटीले लण्डनले भोगेको पीडाको अनुभव गर्नसक्ने बताउँदै उनले ट्वीटरमार्फत समवेदना व्यक्त गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लण्डन ब्रिजमा स्थानीय समय अनुशार दिउसोको २ बज्न लाग्दा चक्कु प्रहारको घटना भएको थियो । प्रहरीले आतङ्कवादी घटनाका रुपमा घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रधानमन्त्री बोरिस जन्सनले ट्वीट गर्दै आफूले उक्त घटनाबारे लगातार जानकारी लिइरहेको भन्दै प्रहरी तथा आपतकालीन सेवा प्रदायकहरूलाई धन्यवाद दिएका छन्। घटनापछि लण्डन ब्रिजलाई प्रहरीले बन्द गराएका थिए ।

२ बर्ष अगाडि पनि लण्डन ब्रिज र नजिकै भएको घटनामा ८ जनाको मृत्यु भएको थियो । त्यतीबेला ४८ जना घाइते भएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com