अल्बानियामा मङ्गलबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १३ पुगेको यहाँको रक्षा मन्त्रालयले दिएको पछिल्लो अपडेटमा उल्लेख गरिएको छ ।
रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “भूकम्पका कारण मृत्यु हुने नागरिकको सङ्ख्या १३ पुगेको छ ।” तर विज्ञप्तिमा यसबारे थप व्याख्या केही गरिएको छैन । बाल्कन राज्यमा विगत केही दशक यता गएको ६.४ म्याग्निच्युडको भूकम्पलाई निकै शक्तिशाली धक्का भनिएको छ । पछिल्ला केही दशकमा बाल्कन राज्यहरूमा भूकम्पका कारण यति ठूलो क्षति नभएको स्थानीयवासीले बताएका छन् ।
भूकम्पका कारण सयौँ करिब ५०० व्यक्ति घाइते भएका र ठूलो सङ्ख्यामा घरहरू भत्किएका वा चर्किएका बताइएको छ । घटनाबाट भएको क्षतिको विस्तृत विवरण अझै आउन सकेको छैन ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।