रसियाली प्राध्यापकको झोलामा प्रेमिकाको शवका टुक्रा !


प्रकाशित मिति : कार्तिक २६, २०७६ मंगलबार

एजेन्सी/ रसियामा इतिहासका एक प्राध्यापक प्रेमिकाको हत्यापछि झोलामा उनको हात बोकेर फाल्ने क्रममा पक्राउ परेका छन् । झोलामा प्रेमिकाको हात बोकेर खोलामा फाल्ने क्रममा ६३ वर्षीय प्राध्यापक ओलेग सोकोलभ पक्राउ परेका हुन् । मदिराले लठ्ठ सोकोलभ झोलासहित खोलामा ढलेका थिए ।

हत्या गरिएकी प्रेमिका प्राध्यापककै पूर्वविद्यार्थी अनासटासिया यसचेन्को रहेको खुलेको छ । प्रहरीले प्राध्यापकको घरबाट २४ वर्षीय यसचेन्कोको क्षत्–विक्षत् शव फेला पारेको छ । प्राध्यापकले हत्या गरेको स्विकारेको उनका वकिलले बताएका छन् । ‘उनले आफ्नो अपराध स्विकारेका छन्,’ उनका वकिल अलेक्जेन्डर पोचुयेभले भने ।

विवादका क्रममा प्रेमिकाको हत्या गरेको र त्यसपछि उनको टाउको, हात तथा खुट्टा काटेको प्राध्यापकले बताएका छन् । फ्रान्सेली शासक नेपोलियन बोनापार्टसम्बन्धी विज्ञ प्राध्यापक साकोलभले फ्रान्सको सर्वोेच्च पुरस्कार पाएका थिए । प्राध्यापक निकै तनावमा रहेको उनका वकिल पोचुयेभले बताए । प्राध्यापकले नेपोलियनबारे अनगिन्ती पुस्तक लेखेका छन् ।

उनी र उनकी प्रेमिका यसचेन्कोले फ्रान्सको इतिहास पढेका थिए । विद्यार्थीहरूको नजरमा उनी विद्वान् गुरु थिए, जो फ्रान्सेली भाषाका ज्ञाता थिए । उनी फ्रान्सको इन्स्टिच्युट अफ सोसल साइन्स, इकोनोमिक्स एन्ड पोलिटिक्स ९इसेप० नामक एउटा वैज्ञानिक समितिको सदस्य थिए । समितिले उनलाई शनिबारदेखि नै हटाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com