डा. केसीलाई अनशन तोड्न आग्रह


प्रकाशित मिति : कार्तिक २५, २०७६ सोमबार

– प्रकाश सिलवाल /करन ताम्राकार

डडेल्धुरामा अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जानकारी दिनुभएको छ । आज बिहान स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएका मुख्यमन्त्री भट्टले डा केसीसँगै टेलिफोनमा कुराकानी गर्दै अनशन तोड्न आग्रह गर्नुभएको हो ।

डा केसीका सकारात्मक मागलाई सङ्घीय सरकारमा पु¥याउन सुदूरपश्चिम प्रदेश सरकार पहल गर्न तयार रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । डडेल्धुरा अस्पतालमा सरकारी चिकित्सकको व्यवस्था नभएसम्म आफूले अनशन नतोड्ने डा केसीको अडान छ ।

अनशनरत डा गोविन्द केसीको समर्थनमा डडेल्धुरामा सर्वसाधारणले सडक बन्द गरेका छन् । उहाँको स्वास्थ्य अवस्था नाजुक बन्दै गएकाले थप उपचारका लागि काठमाडौँ ल्याउन हेलिकाप्टर डडेल्धुरा पुगेपछि सर्वसाधारणले विरोध जनाउँदै सडक बन्द गरेका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अनशनरत डा केसीको माग सम्बोधन गरी आवश्यक पहल कदमी लिई तत्कालै डडेल्धुरा असपतालमा आवश्यक व्यवस्थापन गर्न र वार्ताको वातावरण तयार गर्न भन्दै डक्टर सोसाइटी अफ नेपालले प्रेस वक्तव्य जारी गरेको छ । विज्ञप्तिमा चिकित्सा शिक्षाको लामो सङ्घर्ष थुपै्र आरोह–अवरोहपछि फेरि एकपटक संवेदनशील मोडमा आइपुगेको जनाउँदै डक्टर सोसाइटीले १६औँ अनशनपश्चात् राज्यद्वारा प्रतिबद्ध माग पूरा नभएकाले कात्तिक १८ गतेदेखि डा केसीले डडेल्धुराबाट १७औँ पटक अनशन थालेकाले आज आठ दिन पुगिसक्दा पनि राज्यका तर्फबाट कुनै पहलकदमी नहुनु अत्यन्तै खेदपूर्ण रहेको उल्लेख छ ।

प्रेस वक्तव्यमा भनिएको छ, “डा केसीको रगतमा चिनीको मात्रा, अक्सिजन जस्ता सूचाङ्क तलमाथि भइरहेको अवस्था छ । डडेल्धुरा अस्पतालमा भौतिक पूर्वाधार र आवश्यक जनशक्तिको अभावले उक्त विषम परिस्थिति खडा गरेको छ । दैनिक सयाँै बिरामी आउने अस्पतालमा समायोजन कार्यान्वयन भएसँगै हाल तीनजना चिकित्सक मात्र कार्यरत भएको हुँदा तत्काल अस्पतालमा आवश्यक जनशक्तिको व्यवस्था गरी सुविधा सम्पन्न बनाउनुपर्ने अवस्था छ । डा केसीको माग र इच्छालाई सम्मान गर्दै राज्यले तत्काल सम्बोधन गर्नु पर्नेछ ।”

डा तोसिमा कार्मी, डा कालुसिंह खत्री, डा पुष्पमणि खराल र डा कविराजद्वारा हस्ताक्षरित प्रेस वक्तव्यमा लेखिएको छ–‘१५औँ अनशन झैँ राज्यले अपहरणशैलीमा सत्याग्राहीलाई उठाउनु खोज्नु अत्यन्त खेदपूर्ण छ । राज्यले बल प्रयोग गर्नुभन्दा समाधानतर्फ अग्रसर हुन जरुरी छ । कुनै पनि बहानामा राज्यले सम्बोधनतर्फ भन्दा मुठभेडतर्फ अग्रसर हुनु भोलिका दिनमा राज्यलाई अझै क्षति हुनेछ ।’

डा केसीका माग सम्बोधन गरी आवश्यक पहल कदमी लिई तत्कालै डडेल्धुरा अस्पतालमा आवश्यक जनशक्ति व्यवस्थापन गर्न र वार्ताको वातावरण तयार गर्न विज्ञप्तिमार्फत जोडदार अपिल गरिएको छ ।

डा केसीलाई लिन गएको हेलिकप्टर रित्तै फर्किएको छ । डा केसीले जबरजस्ती अन्यत्र नजाने अडान लिएको र स्थानीयवासीले डा केसीको माग पूरा नगरी जान नदिने भन्दै विरोध गरेपछि हेलिकप्टर रित्तै फर्किएको हो । अनसनका कारण डा केसीको स्वास्थ्य बिग्रिएपछि सरकारले उहाँलाई काठमाडौँ ल्याउन नेपाली सेनाको हेलिकप्टर पठाएको थियो । सहमति विपरीत डा केसीलाई लैजान नदिने भन्दै स्थानीयवासीले बिहानदेखि नै डडेल्धुरामा प्रदर्शन गरिरहेका थिए ।

डा केसीलाई मनाउन डडेल्धुराका प्रमुख जिल्ला अधिकारीले प्रयास गर्नुभए पनि डा केसीले उहाँलाईसमेत भेट्न मान्नुभएन । चारैतिरको अवरोध र डा केसीले पनि नजाने अडान राखेपछि हेलोकप्टर रित्तै फर्किएको जिल्ला प्रशासन कार्यालयका डडेल्धुराले जनाएको छ । डा केसीले जान नमानेपछि दिउँसो १ बजे हेलिकोप्टर फर्किएको डडेल्धुरा जिल्ला प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताउनुभयो ।

डा केसीले सुविधासम्पन्न अस्पतालमा उपचारका लगि जान नमानेको उहाँका भाइ किशोर केसीले बताउनुभयो । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा मेडिकल कलेज खोलिनुपर्ने र डडेल्धुरा अस्पतालमा दरबन्दीअनुसार चिकित्सक हुनुपर्ने माग भएकाले माग पूरा नभएसम्म यहीँ बस्ने तयारी भएको उहाँले जनाउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com