व्यवसायी तथा पूर्वमन्त्री रुप ज्योति विमानस्थलबाट पक्राउ


प्रकाशित मिति : कार्तिक २१, २०७६ बिहीबार

ठगी आरोपमा पूर्वअर्थ सहायकमन्त्री एवं व्यवसायी रुप ज्योतिलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज साँझ पक्राउ गरेको हो । काठमाडौँ प्रहरीका प्रवक्ता होबिन्द्र बोगटीले व्यवसायी ज्योति पक्राउ परेको जानकारी दिनुभयो ।

उनलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ । हाउजिङका नाममा विभिन्न व्यक्तिसँग करोडौँ ठगी गरेको आरोप ज्योतिमाथि लागेको छ ।

शाही शासनका बेला अर्थराज्यमन्त्री पनि बनेका ज्योतिले जग्गा र हाउजिङमा बनेको घर दिने भन्दै पैसा लिएर ठगी गरेको आरोपसहित विज्ञेन्द्रकृष्ण मल्ललगायतले उजुरी दिएका थिए । ज्योति ग्रुपका प्रमुख रुप ज्योति एक वर्षदेखि प्रहरीको फरार सूचीमा थिए ।

उनी त्यसविरुद्ध सोही वर्ष मंसिर २४ मा सर्वोच्च पुगेर अन्तरिम आदेश लिएका थिए । त्यसको एक वर्षपछि मंगलबार सर्वोच्चले ज्योतिको विपक्षमा फैसला सुनाएको थियो ।

सर्वोच्चको उक्त फैसलासँगै प्रहरीलाई ज्योति पक्राउ गर्न बाटो खुलेको थियो । प्रहरीका अनुसार व्यवसायी ज्योतिलाई सिल्क एयरबाट काठमाडौं आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com