सातवटै प्रदेशका प्रमुखहरू पदमुक्त


प्रकाशित मिति : कार्तिक १७, २०७६ आईतबार

मन्त्रिपरिषद्को आइतवार बसेको बैठकले गरेको सिफारिस बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटै प्रदेशका प्रमुखहरूलाई पदमुक्त गरेकी छन्।

ती सबै प्रदेश प्रमुखहरू यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा नियुक्त भएका थिए।

देउवा नेतृत्वको सरकारले दुई मधेस केन्द्रीत दलहरू फोरम र राष्ट्रिय जनता पार्टी (राजपा नेपाल) एवं कांग्रेसको सिफारिसमा त्यतिखेर प्रदेश प्रमुखहरू नियुक्त गरेको थियो।

तत्कालिन नेकपा (एमाले) र माओवादी केन्द्रलाई भने नियुक्तिका बेला समेटिएको थिएन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा संविधानको धारा १६५ को उपधारा (१) को खण्ड ख बमोजिम पदमुक्त गरिएको उल्लेख भएपनि अन्य ठोस कारण खुलाइएको छैन।

पदमुक्त हुनेहरूमा गोविन्द बहादुर तुम्बाहाङ (प्रदेश-१), रत्नेश्वर लाल कायस्थ (प्रदेश-२), अनुराधा कोइराला (प्रदेश-३), बाबुराम कुँवर (गण्डकी प्रदेश), उमाकान्त झा (प्रदेश-५), दुर्गा केशर खनाल (कर्णाली प्रदेश) र मोहनराज मल्ल (सुदुरपश्चिम प्रदेश) छन्।

राष्ट्रपतिबाट आएको त्यस्तो निर्णय लगत्तै बीबीसीसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ‘सरकारले आफैलाई अफ्ट्यारोमा पर्ने गरी अनावश्यक र गलत कुरालाई प्राथमिकता दिएको’ बताएका छन्।

“सबै प्रदेश प्रमुखहरूलाई एकसाथ बिनाकारण हटाउने निर्णयले सरकारको व्यक्तिहरू पूर्वाग्रह पालेको देखिन्छ।”

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com