काङ्ग्रेसद्वारा उम्मेदवारको नाम सिफारिश, नेकपालाई सकस


प्रकाशित मिति : कार्तिक १३, २०७६ बुधबार

आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको आकाङ्क्षी धेरै भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भक्तपुरलाई उम्मेदवारको नाम छनोट गर्न सकस भएको छ ।

प्रदेश नं ३ अन्तर्गत भक्तपुर क्षेत्र नं १ (क) को प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि आकाङ्क्षी धेरै देखिएपछि नेकपालाई उम्मेदवार छनोट गर्न सकस भएको हो । एकसातादेखि पटक–पटक बसेको नेकपा भक्तपुरको बैठकले उम्मेदावरको नामावली टुङ्गोमा पु¥याउन नसकेपछि समस्या आएको हो ।

नेकपा सचिवालयले उपनिर्वाचनका लागि सकेसम्म एक र बढीमा तीन जनाको नाम कात्तिक १० गतेभित्र पठाउन भने पनि १८ जनाको नाम जिल्ला कमिटीमा आएपछि नाम छनोट गर्न सकस परेको नेकपाका नेता सोमप्रसाद मिश्रले जानकारी दिनुभयो ।

आज बस्ने बैठकले सकेसम्म एक जनाको, त्यसमा पनि नसके तीन जनाको र त्यसमा पनि विवाद भए १८ जनाकै नाम सिफारिश गरेर पठाउने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो । उम्मेदवारको आकाङ्क्षी धेरै भएपछि नेकपा भक्तपुर जिल्ला कमिटीले उम्मेदवार सिफारिश गर्न दिलीप प्रजापति, सोम मिश्र, बचन देउजा र डिपी ढकाललाई जिम्मेवारी दिए पनि नाम टुङ्ग्याउन नसकेको उहाँको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विसं २०७५ वैशाख ३१ गते प्रदेशसभा सदस्य हरिशरण लामिछानेको मस्तिष्कघातका कारण निधन भएपछि उक्त क्षेत्र रिक्त भएको हो । नेकपाभित्र रमेश बुढाथोकी, मोहनवीर श्रेष्ठ, रामबहादुर श्रेष्ठ, शम्भु दाहाल, दामोदर दङ्गाल, डिपी ढकाल, निर्मला लामिछाने, श्रीभक्त कासिछ्वालगायत १८ जनाको नाम बैठकमा आएको छ । यद्यपि बुढाथोकीले टिकट पाउने प्रवल सम्भावना रहेको नेकपामा चर्चा चलेको छ ।

यता नेपाली काङ्ग्रेसले समेत आकाङ्क्षी धेरै भएपछि केन्द्रीय समितिको निर्देशनविपरीत १० जनाको नाम केन्द्रमा पठाएको छ । केन्द्रीय समितिले तीन जनासम्मको नाम सिफारिश गर्न निर्देशन दिए पनि आकाङ्क्षी धेरै भएको र बैठकमा सहमति नभएपछि १० जनाको नाम सिफारिश गरेको काङ्ग्रेस भक्तपुर जिल्लाले जानकारी दिएको छ ।

पार्टी सभापति दुर्लभ थापाले आकाङ्क्षी धेरै भएपछि प्रदेशसभा स्तरीय कार्यसमितिबाट सिफारिश भएका १० जनाको नाम केन्द्रमा सिफारिश गरेको जानकारी दिनुभयो । काङ्ग्रेसले यादव अधिकारी, मनोज थापा, किरण काफ्ले, उद्धव खड्का, कृष्णलाल भँडेल, सुभद्रा काफ्ले, रूपा थापा, हरि नेपाल, विनोद कायस्थ र सुरेश श्रेष्ठको नाम केन्द्रमा सिफारिश गरेको जनाएको छ ।

गत निर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका हरिशरण लामिछानेले १२ हजार ७८९ मत ल्याएर निर्वाचित हुनुभएको थियो भने उहाँको निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका जीवन खत्रीले नौ हजार ९७७ मत ल्याउनुभएको थियो । नेमकिपाका उम्मेदवार नीरज लवजुले सात हजार १९ मत प्राप्त गर्नुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com