पाकिस्तानी पूर्वप्रधानमन्त्री सरिफलाई जमानतमा रिहा गर्न आदेश


प्रकाशित मिति : कार्तिक ८, २०७६ शुक्रबार

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई जमानतमा रिहा गर्न अदालतले शुक्रबार आदेश दिएको छ ।

भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगीरहको समय सरिफ विरामी भएर उपचारका लागि अस्पतालमा राखिएको वेला अदालतले जमानतमा रिहा गर्न आदेश दिएको हो ।

स्वास्थ्य अवस्था विग्रिएर कमजोर भएपछि उहाँलाई केहीदिन अगाडि उपचारका लागि अस्पतालमा लगिएको थियो । उहाँको अहिले अस्पतालमै उपचार भइरहेको छ ।

लाहोरको उच्च अदालतले तीन पटक मुलुकको प्रधानमन्त्री हुनुभएका व्यक्ति विरामी भएर अस्पतालमा उपचार गराईरहेका बेला कैदीभन्दा पनि स्वतन्त्र पूर्वक उपचार गर्न सघाउने उद्देश्यले यस्तो आदेश दिएको बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०१७ देखि कारागारमा रहनुभएका सरिफलाई अदालतले एक करोड रुपैँया जमानत तोकेको छ । उहाँलाई अनिश्चितकालका लागि रिहा गर्न आदेश दिइएको हो ।

उपचारमा संलग्न चिकित्सकहरुले पूर्वप्रधानमन्त्री सरिफको अवस्था चिन्ताजनक भएको पुष्टि गरेपछि अदालतले उहाँले रिहा गर्नुपर्ने निश्कर्ष निकालेको एक अधिकारीले बताएका छन् ।

चिकित्सकहरूले सरिफको रगतमा समस्या देखिएको र त्यसले शारीरिक अवस्था विगँ्रदै गएको बताएका छन् । सरिफलाई कहाँ राखेर उपचार गराउने भन्नेबारेमा अझै निधो भैनसकेको बताइएको छ ।

अदालतको आदेशमा सात बर्षे जेल सजाय भोगीरहनु भएका ६९ बर्षीय सरिफलाई गत मङ्लबार कारागारबाट अस्पताल लगिएको हो ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बन्दी जीवन बिताइरहेका पूर्वप्रधानमन्त्री सरिफको स्वास्थ्यमा समस्या देखिएको थाहा पाएपछि उपचारको व्यवस्था गर्न लगाउनुभएको थियो ।

प्रधानमन्त्री खानले सरिफलाई सम्भव भएसम्मको राम्रो उपचार सेवा दिन पनि सरोकारवाला सवैलाई निर्देशन दिनुभएको छ ।

“पूर्वप्रधानमन्त्री सरीफको स्वास्थ्यमा जटिल समस्या देखिएको छ । यतिबेला उहाँको स्वास्थ्य लाभको कामना गर्दछु,” प्रधानमन्त्री खानले ट्वीटरमा लेख्नुभएको छ ।

पूर्वप्रधानमन्त्री सरिफ जेल चलान भएपछि पाकिस्तान मुस्लिम लिग — नवाज (पीएमएल—एन)को नेतृत्व समेत लिनुभएका उहाँका भाइ शहबाजले सामाजिक सञ्जाल ट्वीटर मार्फत् सरिफको स्वास्थ्यका बारेमा ध्यानाकर्षण गराउनुभएको थियो ।

पाकिस्तानको सर्वोच्च अदालतले उहाँलाई भ्रष्टाचारी ठहर गर्दै राजनीतिमा आजीवन अयोग्यसमेत हुनेगरी सात बर्ष जेल सजायको फैसला गरेको थियो ।

सरिफले भने आरोपलाई अस्वीकार गर्नुभएको छ । उहाँले राजनीतिक पूर्वाग्रहका आधारमा आफुलाई दोषी देखाइएको बताउदै आउनुभएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com