क्यानडाको आम चुनावमा नेपाली मुलका क्यानेडियनहरुको उत्साहजनक सहभागिता


प्रकाशित मिति : कार्तिक ४, २०७६ सोमबार

आज क्यानडेयिन मतदाताहरुले वर्तमान प्रधानमन्त्री जस्टिन टु्रडोलाई नै दोश्रो कार्यकालका लागि अनुमोदन गर्ने वा नयाँ प्रधानमन्त्री बनाउने भन्ने निर्णयका लागि मतदान गरेका छन् । मतदानमा नेपाली मुलका क्यानेडियनहरुको पनि उत्साहजनक सहभागिता रहेको छ ।

क्यनडामा नेपाली मुलका क्यानेडियनहरुको संख्या उल्लेख्य रहेको छ । पछिल्लो तथ्यांक अनुशार क्यानेडियन नागरिकता लिइसकेका नेपालीहरुले झण्डै १० हजारको हाराहारीमा रहेका छन् । नेपालीहरुको बढी समर्थन कन्जरभेटिभ र लिबरल पार्टीप्रति रहेको छ भने चुनावमा मुख्य चारदलबीच प्रतिस्पर्धा देखिएको छ ।

क्यानडामा प्रधानमन्त्री दुईकार्यकालका लागि निर्वाचित हुँदै आएको लामो इतिहास छ तर पछिल्ला केही गलत कदम र स्क्याण्डलका कारण जस्टिन टु्रडोले अहिले एन्ड्रयु शीयरसँग कडा प्रतिस्पर्धाको सामना गरिरहनु परेको छ ।

आजको चुनावमा लिबरलका तर्फबाट ४७ बर्षका जस्टिन टु्रडो र कन्जरभेटिभका तर्फबाट ४० बर्षका एन्ड्रयु शीयर चुनावी मैदानमा रहेका छन् । मतदाताहरुले संसदका ३३८ सिटमा आज मतदान गरेका छन् । संसदमा बहुमत प्राप्त गर्नका लागि र सरकार गठन गर्नका लागि कुनै पनि दलले १७० सिट ल्याउन जरुरी छ ।

तर कुनै पनि दलले १७० सिट ल्याउन नसकेको खण्डमा बर्तमान प्रधानमन्त्रीलाई नै सरकार गठनको अवशर प्राप्त हुन्छ । यदि कन्जरभेटिभ पार्टीका तर्फबाट संसदमा १७० सिट नआएको खण्डमा लिबरल पार्टीका तर्फबाट प्रधानमन्त्री जस्टिन ट्रुडोले नै सरकार गठन गर्न पाउनेन् । रोचक त के छ भने कसैको पनि १७० सिट नआएको खण्डमा सत्तारुढ दलले विपक्षको तुलनामा कम सिट ल्याएपनि सरकार गठनको अवशर पाउनेछ । क्यानडाको चुनावमा न्यु डेमोक्रेटिक, ग्रिन पार्टी, ब्लक क्युबेकोइस लगायतका दलले पनि उल्लेख्य सिट जित्दै आएका छन् । सन् २०१५ को चुनावमा न्यु डेमोक्रेटिक पार्टीले ४४ सिट जितेको थियो ।

उदाहरणका लागि कन्जरभेटिभले १६९, लिबरलले १२० र अन्य दलले ४९ सिट ल्याएमा सत्तारुढ लिबरलले नै सरकार गठनको मौका पाउनेछ । विपक्षी दलले पपुलर मत बढी ल्याउनसक्छ र संसदमा सत्तारुढ दलले भन्दा धेरै सिट जित्न पनि सक्छ तर १७० सिट नजिते उसले सरकार गठन गर्न पाउनेछैन । यो क्यानाडाको चुनावको रोचक पक्ष हो ।

टु्रडोले क्यानडामा डाइभर्सिटीका पक्षमा काम गर्दै आएका छन् भने शरणार्थीहरुलाई शरण प्रदान गर्दै आएका छन् । कार्बनमा राष्ट्रब्यापी रुपमा मूल्य लागु गर्नुका साथै उनले गाँजालाई बैध बनाएका छन् । वेरोजगारी दर घटाएर दशकमै सबैभन्दा कम बनाएका छन् ।

एन्ड्रयु शीयर भने रुढीबादी नेताका रुपमा परिचित छन् । गर्भपतनबारेको उनको विरोध र समलिंगी विवाहलाई समर्थन गर्नेबारेको अस्पष्ट धारणाका कारण उनी विरोधीहरुको निशानामा पर्दै आएका छन् । उनले पाँचबर्षभित्र बजेट सन्तुलन मिलाउने र यी दुबै विषयलाई बहसमा नल्याउने प्रतिबद्धता जनाएका छन् ।

उनीहरुबाहेक जगमित सिंह, एलिजाबेथ मे, म्याक्सीम बर्नर लगायतका केही नेताहरु पनि चुनावी मैदानमा छन् ।

क्यानेडियनहरुले हाउस अफ कमन्समा प्रतिनिधित्व गर्ने ३३८ जना सदस्यहरुलाई निर्वाचित गर्छन् । क्यानेडियनहरुले प्रत्यक्ष रुपमा प्रधानमन्त्रीलाई भोट हाल्दैनन् । हाउसअफ कमन्समा संसदीय दलको नेता नै प्रधानमन्त्री हुन्छ । संसदमा बहुमत ल्याउने पार्टीले नै प्रधानमन्त्री र सरकार गठन गर्छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com