न्युजर्सीको ‘हरर हाउस’ जहाँ आमासहित ६ जना मिलेर ३ बर्षको बालकमाथि उम्लेको पानी खन्याए


प्रकाशित मिति : कार्तिक ४, २०७६ सोमबार

अमेरिकाको न्युजर्सी नेवार्कमा तीनबर्षको बच्चालाई सजाय स्वरुप उम्लेको पानी खन्याइदिने बच्चाकी आमा र अरु ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई बच्चालाई कुटपिट समेत गरेको जनाइएको छ ।

बच्चाको शरिरको तल्लोभागमा तातोपानीले डामेको भेटिएपछि प्रिस्कुलले गरेको उजुरीको आधारमा प्रहरीले बच्चाकी आमालाई नियन्त्रणमा लिएको थियो । त्यही घरमा बस्ने अरु ५ जनालाई पनि नियन्त्रणमा लिएर बच्चामाथि आक्रमण र बच्चाको अधिकार हनन गरेको अभियोग लगाइएको छ ।

६ जना अभियुक्तहरु जसलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

उक्त घरमा बस्ने ६ जनाले बच्चालाई पिट्न बेल्ट र मुड्कीको प्रयोग गरेका थिए । उनीहरुलाई बच्चालाई पालैपालो कुटपिट गर्नुका साथै तातोपानी खन्याइदिएका थिए । प्रि स्कुलकी नर्सले बच्चाको शरिरको तल्लोभागमा फोकाहरु देख्नुका साथै जलेको भेटाएपछि प्रहरीलाई खबर गरेकी थिइन् ।

बच्चालाई उपचारका लागि अस्पताल लगिएको र उपचारपछि बालसंरक्षण गृहमा राखिएको जनाइएको छ । उक्त घरमा अरु ५ जना बालबालिकाहरु पनि बस्दै आएको र उनीहरुलाई सबैलाई अहिले बालबालिका संरक्षणगृहमा राखिएको छ ।

२९ बर्षीया पेट्रिसिया बुचानले बच्चालाई नांगो बनाउन र शरिरको तल्लोभागमा तातोपानीले डाम्न निर्देशन दिएको प्रहरीसमक्ष स्वीकार गरेकी छिन् । ४ छोराछोरीकी आमा पेट्रिसियाले आफ्नो छोराको बेडरुमको भुईमा पिसाव फेरेको निहुमा बच्चालाई त्यस्तो सजाय दिएकी थिइन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com