जातीय गालीगलौज गर्दै पीडितको शरिरमा पिसाव फेर्ने दुई भारतीय टीनएजर न्युजर्सीमा पक्राउ


प्रकाशित मिति : कार्तिक ४, २०७६ सोमबार

जातीय गालीगलौजका साथमा हाइस्कुलको फूटवल खेलमा आक्रमणमा उत्रिनुका साथै पीडितको शरिरमा पिसाव फेरिदिएको अभियोगमा अमेरिकाको न्युजर्सीमा दुईजना भारतीय मुलका टीनएजरहरु पक्राउ परेका छन् । दुबै सन्दिग्धहरु १७ बर्षका रहेका छन् भने उनीहरुलाई पक्षपाती धम्की, अशिष्टता र उत्पीडन गरेको अभियोगमा पक्राउ गरिएको छ ।

घटना लरेन्स हाइस्कुलमा भएको र दुबैजना भारतीय मुलका टीनएजरहरु लरेन्स निवासी रहेको प्रहरीले जनाएको छ । उनीहरुले जातीय रुपमा अपमानजनक गाली र शब्दहरु प्रयोग गर्नुका साथै उनीहरुमध्ये एकजनाले गाली गरिरहँदा पीडितमाथि पिसाव फेरेका थिए ।

त्यहाँका मेयर क्रिस्टोफर बबिटले लरेन्समा घृणाको कुनै स्थान नरहेको र यस्ता अपमानजक गतिविधि अन्त्यका लागि आफू सकृय रहने बताएका छन् । लरेन्स टाउनसिप पब्लिक स्कुलका निरिक्षक रोस कासुनले आफूले यसबारे प्रहरीसँग समन्वय गरिरहेको बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com