अमेरिका हानिएका वडा अध्यक्ष फर्किएनन् !


प्रकाशित मिति : आश्विन २८, २०७६ मंगलबार

डिभी परेर अमेरिका पुगेका मकवानपुर भिमफेदी गाँउपालिका–८ का वडा अध्यक्ष जगतमान घिसिङले समयमै राजीनामा नबुझाउँदा वडा अध्यक्षको पदनै रिक्त हुने भएको छ । वडा अध्यक्ष घिसिङले अमेरिकामा परिवार व्यवस्थापन गरेर आँफू दशैं अघि नै नेपाल फर्किने भन्दै गाँउपालिका अध्यक्षबाट विदा स्वीकृत गराएर अमेरिका गएका थिए ।

तर उनी नेपाल त फर्किएनन् नै, समयमा राजीनामा पत्र नपठाउँदा आगामी मंसिर १४ मा हुन गइरहेको उपनिर्वाचनमा समेत वडा अध्यक्षको चुनाव नहुने भएको छ ।

उपनिर्वाचनका लागि कम्तीमा पनि १ सय २० दिन अगाडि नै जानकारी गराएर तयार गर्नुपर्ने भएकाले अब ४० दिन मात्रै बाँकी रहेको अवस्थामा निर्वाचन आयोगले भिमफेदी–८ मा चुनाव गराउन नसक्ने मकवानपुरका निर्वाचन अधिकारी गोविन्द प्रसाद पौडेल बताए ।

अब मन्त्रीपरिषदले निर्णय गरेको खण्डमा मात्रै समावेश गर्न मिल्ने उनको तर्क छ । वडा अध्यक्ष घिसिङको राजीनामा पत्र सोमबार मात्रै गाँउपालिकाको कार्यालयमा पुगेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com