एजेन्सी/अस्ट्रेलियाका आठ वर्षीय बालक जेडेन मिल्लौरोले ३ तीन सय १४ किलो तौलको शार्क माछा समातेर रेकर्ड बनाएका छन् । उनी माछा मार्न बुवाका साथ सिड्नी शहरदेखि एक सय ६० किलोमिटर टाढा ‘ब्राउन माउण्टेन’ नजिक पुगेका थिए । उनी ‘पोर्ट हैकिङ्ग गेम फिशिङ्ग क्लब’का सदस्य हुन् । सोही क्लबमार्फत उनी उनी माछा मार्न सिक्दै आएका छन् ।
जेडेनका बुवाका अनुसार उनी जिद्धी गरेर माछा मार्न गएका थिए । उनले भने, ‘शार्क माछा हाम्रो डुंगा पछि-पछि आउँदै थियो । जब छोराले माछा देखे, तब जाल हानेर समाते । त्यसपछि माछालाई डुंगामा राख्न मैले मद्दत गरेँ ।’
स्थानीय मिडियाका अनुसार तीन सय १४ किलो तौल भएको माछा समातेर जेडेनले २२ वर्ष पुरानो रेकर्ड तोडेका छन् । यसअघि इयान हिसे नाम गरेका बालकले सन् १९९७ मा तीन सय १२ किलो तौल भएको टाइगर शार्क माछा समातेका थिए ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।