अमेरिका : छुट्टाछुट्टै गोलीकाण्डमा आठको मृत्यु !


प्रकाशित मिति : आश्विन २७, २०७६ सोमबार

अमेरिकामा भएका छुट्टाछुट्टै भएका गोली आक्रमणमा आठजनाको मृत्यु भएको छ । सिकागोको एउटा अपार्टमेन्ट र न्युयोर्कको रात्रि क्लबमा भएका गोली प्रहारमा आठजनाको मृत्यु हुनुका साथै चारजना घाइते भएका छन् ।

सिकागोको उत्तर–पश्चिम क्षेत्रमा एक अपार्टमेन्टमा गोली चल्दा चारजनाको मृत्यु भएको र एकजना घाइते भएको प्रहरीले जनाएको छ । विगत १५ वर्षदेखि अपार्टमेन्टमा बस्दै आएका एकजना ६७ वर्षीय निर्माण मजदुरले त्यही अपार्टमेन्टमा रहेका व्यक्तिमाथि शनिबार राति गोली चलाएका थिए । मारिएकाहरूमा तीनजना पुरुष र एक महिला छन् । आफ्नो कोठामा खाना खाइरहेका वेला ती मजदुर जबर्जस्ती भित्र पसेर गोली चलाएको प्रहरीले जनाएको छ । प्रहरीले ती शंकास्पद व्यक्तिलाई पक्राउ गर्नुका साथै उनीसँग रहेको हतियार बरामद गरेको छ । गोली चलाउनुको कारण थाहा हुन सकेको छैन ।

यस्तै, न्युयोर्कको बरुकलिनस्थित रात्रि क्लबमा शनिबार गोली चल्दा कम्तीमा चारजनाको मृत्यु हुनुका साथै अन्य तीनजना घाइते भएका छन् । आक्रमणको जिम्मा कुनै समूहले लिएको छैन । बिहानै चलेको गोलीका कारण चारजनाको घटनास्थलमा नै मृत्यु भएको र दुई अन्य पुरूष र एकजना महिला सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

आक्रमणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । अमेरिकामा बारम्बार बन्दुक आक्रमण हुने गरेका छन् । डेढ महिनाअघि टेक्सासमा भएको गोलीकाण्डमा २० जनाको मृत्यु भएको थियो । त्यस्तै, ६ महिनाअघि फ्लोरिडामा भएको सामूहिक गोली प्रहारमा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com