सिकागोमा गोली चल्यो


प्रकाशित मिति : आश्विन २६, २०७६ आईतबार

सिकागो, सिन्ह्वा/संयुक्त राज्य अमेरिकाको सिकागोको उत्तरपश्चिम क्षेत्रमा एक अपार्टमेन्टमा गोली चल्दा चार जनाको मृत्यु भएको र एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

विगत १५ वर्षदेखि अपार्टमेन्टमा बस्दै आएका एक जना ६७ वर्षीय निर्माण मजदूरले त्यही अपार्टमेन्टमा रहेका व्यक्तिमाथि शनिबार राति गोली चलाएका थिए । मारिएकाहरुमा तीन जना पुरुष र एक महिला थिइन् ।

मारिएका व्यक्तिहरु आफ्नो कोठामा खाना खाइरहेका बखत ती मजदूर जबर्जस्ती भित्र पसेर गोली चलाएको प्रहरीले बताएको छ ।

प्रहरीले ती शंकास्पद व्यक्तिलाई पक्राउ गर्नुका साथै उनीसँग रहेको हतियार बरामद गरेको छ । गोली चलाउनुको कारण थाहा हुन सकेको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com