अन्तरिक्षमा हिँडेर इतिहास रच्ने लियोनोवको निधन


प्रकाशित मिति : आश्विन २४, २०७६ शुक्रबार

सन् १९६५ मा पहिलो पटक अन्तरिक्षमा हिँड्ने अन्तरिक्ष यात्री एलेक्सी लियोनोवको शुक्रबार निधन भएको छ । उनी ८५ वर्षका थिए ।

लामो समयदेखि बिरामी रहेका लियोनोवको उपचारका क्रममा मस्को अस्पतालमा निधन भएको हाे ।

रुसी अन्तरिक्ष यात्री ओलेग कोनोनेंकोले लियोनोवको निधनलाई ‘पुरै ग्रहका लागि क्षति’ भएको बताएका छन् । त्यस्तै राष्ट्रपति भ्लादिमिर पुटिनले लियोनोवको साहसले सबैलाई प्रेरणा दिएको बताएका छन् ।

एलेक्सी लियोनोव आफ्नो अन्तरिक्ष यानबाट बाहिर निक्लेर १६ फिट लामो केबलको सहयोगमा १२ मिनेटसम्म हिँडेका थिए । सन् २०१२ मा लियोनोवले बीबीसीसँग भेनका थिए, ‘तपाईँ यसलाई शब्दमा वर्णन गर्नै सक्नुहुन्न । बाहिर निस्केर केवल महसुस गर्न सकिन्छ कि हाम्रो चारैतर्फ कति विशाल संसार छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर अन्तरिक्ष यानबाट बाहिर निस्कनु लियोनोवका लागि ज्यान जोखिममा पार्नु नै सावित भयो । उनको स्पेससुट नराम्रोसँग क्षतिग्रस्त भएको तियो । उनलाई अन्तरिक्ष यानमा फर्कन निकै मेहनत गर्नु परेको थियो ।

लियोनोवको जन्म साइबेरियामा भएको थियो । उनका बुवा स्टालिनको दमनका सिकार बनेका थिए । सन् १९४८ मा उनको परिवार पश्चिमी रुसमा बसाइँ सरेको थियो । एअरफोर्सको पाइलटका रुपमा सन् १९६० मा लियोनोवलाई अन्तरिक्ष यात्रीको प्रशिक्षणका लागि छनोट गरिएको थियो ।  उनले यूरी गागरिनसँग प्रशिक्षण लिने मौका पाए, गागरिन अन्तरिक्षमा जाने पहिलो व्यक्ति हुन् ।

लियोनोवलाई ‘हिरो अफ् सोभियत युनियन’ को मेडलबाट दुई पटक सम्मानित गरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com