इथियोपियाली प्रधानमन्त्रीलाई शान्तिसम्बन्धी नोबेल पुरस्कार


प्रकाशित मिति : आश्विन २४, २०७६ शुक्रबार

FILE – In this Sunday July 15, 2018 file photo, Eritrean President Isaias Afwerki, second left, and Ethiopia’s Prime Minister Abiy Ahmed, center, hold hands as they wave at the crowds in Addis Ababa, Ethiopia. Once official rivals, the leaders of Ethiopia and Eritrea have embraced warmly to the roar of a crowd of thousands at a concert celebrating the end of a long state of war. The 2019 Nobel Peace Prize was given to Ethiopian Prime Minister Abiy Ahmed on Friday Oct. 11, 2019. (AP Photo/Mulugeta Ayene, File)

ओस्लो, एएफपी/इथियोपियाका प्रधानमन्त्री अबिया अहमदलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको छ । नोबेल कमिटीका अनुसार प्रधानमन्त्री अहमदले इथियोपियाको छिमेकी मुलुक इरिट्रियासँग वर्षौंदेखि जारी द्वन्द्व समाधान गर्न महत्वपूर्ण योगदान गरेबापत उक्त पुरस्कार दिइएको हो ।

कमिटीले जारी गरेको वक्तव्यमा प्रधानमन्त्री अहमदले इथियोपिया र इरिट्रियाबीच शान्ति स्थापना गर्न तथा अन्तर्राष्ट्रिय सहयोगका क्षेत्रमा निर्णायक भूमिका निर्वाह गरेको उल्लेख छ ।

नर्बेजियाली नोबेल इस्टिच्यूटले पनि सन् २०१८ देखि सत्तामा रहेका इथियोपियाली नेता अहमदले मुलुकमा महत्वपूर्ण सुधारात्मक कदम चालेको भन्दै प्रशंसा गरेको छ ।

इथियोपियाका प्रधानमन्त्री हाल ४३ वर्षका मात्र हुनुहुन्छ । गरिबी र द्वन्द्वको चपेटाबाट गुज्रिरहेको इथियोपियामा शान्ति र विकासको मूल योजनाका साथ अघि बढ्नुभएका प्रधानमन्त्री अहमदले आर्थिक सुधारका धेरै महत्वाकाँक्षी योजना अघि सार्नु भएको छ, र त्यसले प्रतिफल दिन थालेको इन्स्टिच्यूटकी अध्यक्ष बेरिट रेइस–एन्डरसनले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com