कंग्रेसमा थालेको राष्ट्रपतिविरुद्धको महाभियोगको छानबिनलाई ह्वाइट हाउसले नसघाउने


प्रकाशित मिति : आश्विन २१, २०७६ मंगलबार

विपक्षी डेमोक्र्याटहरूले अमेरिकी कंग्रेसमा थालेको राष्ट्रपतिविरुद्धको महाभियोगको छानबिनलाई नसघाउने ह्वाइट हाउसले जनाएको छ।

सो छानबिनलाई उसले दलीय पूर्वाग्रहपूर्ण तथा असंवैधानिक भनेको छ।

डेमोक्र्याटका अगुवाहरूलाई एक पत्र लेख्दै ह्वाइट हाउसका वकिलले पक्षपातपूर्ण एवं उचित प्रक्रिया नअपनाइएका छानबिनमा राष्ट्रपति ट्रम्पले नसघाउने उल्लेख गरेका छन्।

“अमेरिकी जनताप्रतिको आफ्नो कर्तव्य पूरा गर्नाका निमित्त…राष्ट्रपति ट्रम्प तथा उनको प्रशासन वर्तमान परिस्थितिमा तपाइँको यो पक्षपातपूर्ण एवं असंवैधानिक छानबिनमा सहभागी हुन सक्दैनन्,” पत्रमा उल्लेख छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि राष्ट्रपति ट्रम्पले युरोपेली संघका निम्ति उनका राजदूतलाई सदनले थालेको छानबिनमा बयान नदिन आदेश दिएका थिए।

तर सभामुख न्यान्सी पेलीसीले त्यसो गरेर राष्ट्रपतिले छानबिनमा बाधा पुर्‍याउन खोजेको बताइन्। उनले भनिन्, “हामीमध्ये कोही पनि राष्ट्रपतिलाई महाभियोग लाउन भनेर संसदमा पुगेका होइनन्। यो त हाम्रो देशको लागि एकदम गम्भीर विषय हो। राष्ट्रपतिले कंग्रेसलाई आवश्यक जानकारी लिने काममा बाधा गरेका छन्।”

यसबीच अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभाका डेमोक्र्याटिक नेताहरूले युरोपेली संघका निम्ति अमेरिकी राजदूतलाई एक मुख्य साक्षीको रूपमा बयान दिन पत्र काटेका छन्।

ट्रम्प प्रशासनले उनलाई बयान नदिन आदेश दिएपछि सो पत्र काटिएको हो।

यसअघि प्रतिनिधिसभाको जासुसीसम्बन्धी समितिका प्रमुख एडम सीफले ती राजदूत गोर्डन सन्डल्यान्डलाई बयान दिनका लागि उपस्थित हुन बाध्यकारी पत्र काटिने बताएका थिए।

ती राजदूतसँग राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपतिबीच भएको विवादास्पद फोन वार्ताको तयारी तथा अन्य विषयबारे सोधपूछ गर्न डाक्न लागिएको बताइएको छ।

युक्रेनलाई आफ्ना राजनीतिक प्रतिद्वन्द्वीविरुद्ध छानबिन गराउन दबाव दिएको आरोपमा ट्रम्पमाथि छानबिन भइरहेको छ।

सदनमा डेमोक्र्याटिक पार्टी नेताको नेतृत्वमा रहेका तीनवटा समितिले राष्ट्रपतिमाथि अनुसन्धान गरिरहेका छन्।

जुलाइमा भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीसँगको फोन कुराकानीमा ट्रम्पले सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनमा उनका सम्भावित प्रत्यासी जो बाइडनविरुद्ध भ्रस्टाचारको मुद्दा चलाउन आग्रह गरेका आरोप लागेका छन्।

यस विषयमा छानबिन गर्न युक्रेनलाई दबाव दिइएको र त्यसो नगरे सुरक्षा सहयोग स्थगित गरिदिने डर देखाइएको वा भनेको माने युक्रेनी राष्ट्रपतिलाई ह्वाइट हाउसमा निम्त्याइने लोभ देखाइएको बताइएको छ।

केही दिन अघि उक्त विवादास्पद फोन कलका अर्का एकजना जानकारले पनि उजुरी गरेका थिए।

बीबीसी सम्वाददाताका अनुसार दोस्रो उजुरीकर्ताले राष्ट्रपति ट्रम्प र उनको पार्टी रिपब्लिकनको अवस्था झन् जटिल बनाइदिन्छ किनभने उनीहरूले पहिलो उजुरीकर्ता राजनीतिक पूर्वाग्रह ग्रसित भनेर लाञ्छना लगाएका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com