भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार स्वीस र क्यानाडाली–अमेरिकी वैज्ञानिकलाई संयुक्त


प्रकाशित मिति : आश्विन २१, २०७६ मंगलबार

यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दुई जना स्वीस वैज्ञानिक र एकजना क्यानाडाली–अमेरिकी वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा गरिएको छ । उहाँहरुलाई खगोलशास्त्रको अध्ययनमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै पुरस्कृत गरिएको नोबेल पुरस्कार छनौट समितिले जनाएको छ ।

पुरस्कृत हुनेहरुमा स्वीस वैज्ञानिकहरु माइकल मायोर र डिडियर क्वुलोज तथा अमेरिकाको प्रिन्सटन विश्वविद्यालयका प्राध्यामक जेम्स पिबल्स रहनुभएको छ ।

जेनेभा विश्वविद्यालयले प्राध्यापकद्वयका तर्फबाट जारी गरेको विज्ञप्तिमा पुरस्कारको निर्णय निकै असाधारण र विशेष रहेको बताएको छ । विश्वविद्यालयले विज्ञप्तिमा भनेको छ, “दुबै स्वीस बैज्ञानिकले खगोल विज्ञानमा अदभूत योगदान गर्नुभएको छ । उहाँहरुले वर्तमान सौर्यमण्डल बाहिर पनि अर्को ग्रह रहेको पहिलोपटक पत्ता लगाउनुभएको थियो । यो ग्रहको नाम ५१ पेगासी बी राखिएको छ ।”

अहिले वर्तमान सौर्यमण्डल बाहिर झण्डै २,००० ग्रह रहेको पत्ता लागिसकेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैगरी, सन् २०१९ को चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार दुई जना अमेरिकी र एक जना बेलायती वैज्ञानिकलाई प्रदान गर्ने घोषणा गरिएको छ । उहाँहरुलाई मानव शरीरका कोषहरुको खोज एवं अनुसन्धान गरेबापत उक्त पुरस्कार दिइएको हो । रक्तअल्पता, क्यान्सर र अरु प्राणघातक रोगहरुसँग लड्न नयाँ खोजले सघाउने नोबेल समितिले जनाएको छ ।

यो पुरस्कार प्राप्त गर्नेहरुमा हार्वर्ड विश्वविद्यालयका डा विलियम जी काइलिन जुनियर, जोन्स हप्किन्स विश्वविद्यालयका ग्रेग एल सेमेन्जा र बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयका पिटर जे राचक्लिफ रहनुभएको छ ।

सन् १९०१ यता यो पुरस्कार ११०औं पटक प्रदान गर्न लागिएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com