फिनल्याण्डमा फट्यांग्रा पिँधेर पाउरोटी उत्पादन,खानेहरुको तछाडमछाड !


प्रकाशित मिति : आश्विन २०, २०७६ सोमबार

एजेन्सी / हामी अलिकती मात्र ढुँसी परेको पाउरोटी किन्न पनि हिचकिचाउछौं । तर फिनल्याण्डमा भने फट्यांग्रा पिठोबाट तयार गरिने पाउरोटी किन्नका लागि मानिसहरुको तछाडमछाड हुने गर्दछ ।

फिनल्याण्डको एक खाद्य कम्पनी फेजर बेकरीले पिठोमा सुख्खा फट्यांग्रा पिँधेर बनाइएको पिठोबाट खाने पाउरोटी उत्पादन गर्ने गरेको छ । फट्यांग्रा मिसाएको पिठो यो कम्पनीले नेदरल्याण्डबाट आयात गर्ने गर्दछ ।

फिनल्याण्डमा खानामा प्रयोग हुने किरा फट्याङ्ग्रा बिक्रिमा प्रतिबन्ध लगाइएको छ । तर, फेजर नामक बेकरीले बाहिरबाट पिठो आयात गरी यस्तो फट्यांग्रे पाउरोटी बनाएर बेच्ने गरेको छ । बेकरीका सिइओका अनुसार यो पाउरोटी निकै स्वादिष्ट हुनुका साथै पोषिलो पनिे छ ।

मानिसहरुले यो पाउरोटी निकै रुचाएका छन् र खरिद गर्नका लागि बेकरीमा लाइन लाग्ने गरेको छ । यो पाउरोटी तयार गर्न प्रयोग गरिने फट्यांग्रामा फ्याट्टी एसिड, क्याल्सियम, आइरन तथा भिटामिन बी १२ लगायतका पौष्टिक तत्व हुने हुँदा यो पाउरोटी पौष्टिकताले भरिपूर्ण रहेको उनको दाबी छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com