सरप्राइज दिन ४ हजारमाइल यात्रा गरेका ज्वाईलाई अमेरिकामा ससुराले हाने झुक्किएर गोली


प्रकाशित मिति : आश्विन १९, २०७६ आईतबार

अमेरिकाको फ्लोरिडा गल्फ ब्रिजमा ६१ बर्षका रिचर्ड डेनिसले झुक्किएर आफ्नै ज्वाईलाई गोली हानेको प्रहरीले खुलासा गरेको छ । नर्बेबाट उनका ज्वाई ३७ बर्षका क्रिस्टोफर बर्गन ससुरालाई सरप्राइज दिनका लागि खबर नगरी अकस्मात घरमा आएका थिए ।

ससुरा रिचर्डको जन्मदिनको अवशरमा ज्वाई क्रिस्टोफर झण्डै ४ हजार माइलको यात्रा गरेर आएका थिए । तर आफ्नै ज्वाईलाई नचिनेर रिचर्डले गोली चलाउँदा ज्वाई क्रिस्टोफरको घटनास्थलमा नै मृत्यु भएको छ ।

उक्त दिन बेलुका एकजना आफन्तले रिचर्डको घरको ढोका अकस्मात ढक्ढकाएका थिए । त्यसपछि ति आफन्त र रिचर्डबीच केहीबेर भनाभन भएपछि रिचर्डले ति आफन्तलाई धपाएका थिए ।

त्यसै राती साढे ११ बजेतिर ज्वाई क्रिस्टोफर बर्गन नर्बेबाट फ्लोरिडा आइपुगेका थिए । उनले ससुरालाई जन्मदिनको अवशरमा सरप्राइज दिने निर्णय गरेर रिचर्डको पछाडिको ढोका ढकढकाएका थिए । जब रिचर्डले ढोका खोले तब ज्वाईले सरप्राइज दिनका लागि हामफाले ।

तर त्यहाँ सरप्राइज भएन । रिचर्डले ज्वाईलाई नचिनेर गोली चलाउन पुगे । उक्त गोली लागेर ज्वाई क्रिस्टोफरको घटनास्थलमा नै निधन भयो । अक्टोबर १ मा भएको उक्त घटनालाई प्रहरीले बिहिबार पत्रकार सम्मेलनमार्फत अत्यन्तै दुखद बताएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com