अमेरिकाको कन्सासमा ९ जनामाथि गोली प्रहार, ४ को मृत्यु


प्रकाशित मिति : आश्विन १९, २०७६ आईतबार

अमेरिकाको कन्सासमा गोलीकाण्डको घटना भएको छ । बन्दुकधारीले कम्तीमा ९ जनालाई गोली हानेको जनाइएको छ । घटना आइतवार विहानै भएको हो ।

एकजना सन्दिग्ध व्यक्तिले बारभित्र प्रवेश गरेर गोली चलाइको जनाइएको छ । गोली चलाउने व्यक्ति अहिलेसम्म पनि प्रहरी नियन्त्रणमा नआएको प्रहरीले जानकारी दिएको छ ।

घटनाबारे थप जानकारी प्राप्त भएको छैन । १० औं र सेन्ट्रल एभिन्युमा भएको उक्त घटनापछि रातभर प्रहरी उक्त क्षेत्रमा खटिएको थियो ।

बन्दुकधारी हिस्पानिक पुरुष रहेको जनाइएको छ ।

बन्दुधकारी अचानक बारभित्र प्रवेश गरेर गोली चलाउन थालेको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेकाले घटनाको कारणबारे पनि केही खुलेको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com