इन्धनको बदलामा मुलुकको स्वाभिमान साटिन्न – क्युबाली विदेशमन्त्री


प्रकाशित मिति : आश्विन १६, २०७६ बिहीबार

हवाना, सिन्ह्वा/ अमेरिकी प्रतिबन्धका कारण इन्धनको अभाव झेल्नु परेको क्युबाका विदेश मन्त्री ब्रुनो रोड्रिगेजले इन्धनको बदलामा मुलुकको स्वाभिमानको सौदाबाजी गर्न नसक्ने बताउनुभएको छ ।

ट्वीटरमार्फत एक टिप्पणी सार्वजनिक गर्दै विदेश मन्त्री रोड्रिगेजले क्युबामाथि आर्थिक, व्यापारिक र वित्तीय प्रतिबन्ध लगाउने अमेरिकी प्रशासनको रबैयाको कडा शब्दमा निन्दा एवं भत्र्सना गर्नुभयो ।

उहाँले क्युबामाथिका प्रतिबन्धहरु मानव अधिकारको गम्भीर उल्लंघन हो भन्नुभएको छ ।रोड्रिगेजका अनुसार, अमेरिकामा राष्ट्रपतिय चुनाव हुने वर्षमा क्युबामाथि अनावश्यक दबाब दिइने गरिएको छ ।

सन् १९५९ को क्युबा विद्रोहपश्चात भागेर अमेरिकाको मियामी पुगेका ठूलो संख्याका क्युबालीको दबाबमा भोटको आश गर्दै क्युबामाथि दबाब दिने गरेको क्युबाली सरकारको भनाई छ ।

तर, विदेश मन्त्री रोड्रिगेजले अमेरिकीहरुको सोचाई पुरातनशैलीको छ भन्दै अमेरिकामै रहेबसेका ठूलो संख्याका क्युबालीले दुबै देशबीच सम्बन्ध सुधार भएको हेर्न चाहिरहेको बताउनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com