पाहुना आएकै झल्को दिने गरी चिनियाँ विमानको ‘रेकी’


प्रकाशित मिति : आश्विन १५, २०७६ बुधबार

चिनियाँ राष्ट्रपति सी जिन पिङले यही महिनाको अन्तिम साता गर्ने नेपाल भ्रमणको तयारीका लागि चीनबाट आएको विशेष विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रेकी’ गरेको छ।

बोइङ विमानको उडान र अवतरणमा आउन सक्ने सम्भावित प्राविधिक कमी–कमजोरीबारे चिनियाँ टोलीले पूर्वपरीक्षण गरेको हो।

बुधबार दिउँसो बेइजिङबाट आएको एयर चाइनाको बोइङ ७४७–८०० सय विमानमा आएका अधिकारीले सुरक्षा र प्राविधिक पक्षको अनुगमन गरेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पूर्वअभ्यासकै लागि बुधबारको एयर ट्राफिक कन्ट्रोल रुम, नेपाल प्रहरी र विमानस्थलका कर्मचारीलाई अन्य दिनमा भन्दा बढी ‘हाई अलर्ट’ मा राख्दै विशिष्ट पाहुना आएकै झल्को दिने गरी खटाइएको थियो।

बेइजिङबाट आएको विमान १ बजेर ३५ मिनेटमा अवतरण गरेर दिउँसो साढे ३ बजे फर्किएको थियो। सो विमान अवतरण हुने समय आसपासमा अन्य विमान उडान र अवतरणमा समेत रोक लगाइएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com