अमेरिकको सुझाव : नेपाल कतै नढल्कनु राम्रो


प्रकाशित मिति : आश्विन १०, २०७६ शुक्रबार

अमेरिकाले नेपाललाई कुनै मुलुकका पक्षमा नलागी ‘नेपालकै पक्षमा रहेको’ हेर्न चाहेको स्पष्ट पारेको छ । ‘नेपाल आफ्नो नीतिमा अडिग हुनुपर्छ, कसैको पक्ष विपक्षमा लाग्नु हुँदैन भन्ने हाम्रो सुझाव छ,’ अमेरिकी राजदूत -यान्डीले भने,‘यो भन्दा बढी हामीले सार्वभौम मुलुकलाई केही भन्न सक्दैनौं ।’

बेरीले शुक्रबार राजधानीमा कूटनीतिज्ञ, विज्ञ, संवाद, उद्यमी र सञ्चारकर्ममाझ भने,‘हामी नेपालको पुरानो मित्र हौं । नेपाल कसैको पक्षमा नभई नेपालकै पक्षमा रहेको हेर्न चाहन्छौं ।

नेपालमा कतिपय विषयमा गलत बुझाइ छ । हामी यस्ता विषय स्पष्ट पार्न चाहन्छौं ।’ अमेरिकाले अघि सारेको इन्डो–प्यासिफिक रणनीति(आइपीएस) कुनै रणनीति नभई यो क्षेत्रका लागि अमेरिकी नीति भएको राजदूत बेरीले स्पष्ट गरे । उनले अमेरिकाले नेपाललाई भारत, चीन वा अमेरिका कुनै पनि मुलुकको पक्ष विपक्षमा रहेको हेर्न नचाहेको बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com