अष्ट्रेलियामा २ नेपाली विद्यार्थीको मृत्यु भएको दुर्घटना अगाडि खिचिएको थियो यस्तो भिडियो


प्रकाशित मिति : श्रावण १५, २०७६ बुधबार

अष्ट्रेलियामा आइतबार भएको कार दुर्घटनामा ज्यान गुमाएकी २२ बर्षीया समिक्षा सुवेदीले दुर्घटनाको ठीक अगाडि शेयर गरेको लाइभ भिडियो सार्वजनिक भएको छ । गाडीको चालकले नियन्त्रण गुमाउनुअगाडि उक्त भिडियो खिचिएको थियो । त्यसको केहीसमयपछि भएको दुर्घटनामा समिक्षा र गाडीमा रहेका गोपाल भण्डारीको मृत्यु भएको थियो ।

भिडियोमा उनीहरु निकै रमाएर अन्ताक्षरी खेलिरहेको देख्न सकिन्छ । त्यसको केहीबेरमा नै दुर्घटना भएको थियो । दुर्घटनामा अरु तीनजना घाइते भएका छन् । घाइतेहरु खतरामुक्त रहेको र निकै भाग्यवश बाँचेको जनाइएको छ ।

पाँच जना सवार गाडी दुर्घटना हुँदा अगाडि सिटमा बसेकी स्याङ्जा वालिङ नगरपालिका १० की समिक्षा  र गल्याङ नगरपालिका ६ का गोपालको मृत्यु भएको हो।

सिड्नीबाट शनिबार साँझपख हिँडेको नेपाली विद्यार्थीहरूको एक टोली राति उडन रिजर्भमा गएर क्याम्पिङ गरेर बसेको थियो। पन्ध्र जना विद्यार्थीहरूको समूह तीन वटा कारमा हिउँ खेल्न सिड्नीबाट स्नोइ माउन्टेन गएका थिए।

संगीत देवकोटा र चालक सागर भट्टराईको भने क्यानबेरा हस्पिटलमा उपचार भैरहेको छ। घाइते तीन जना विद्यार्थीहरूमा अस्वीन कँडेलको  हस्पिटलबाट डिस्चार्ज गरिएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com