‘सयौं डाडा काट्दै आएँ’ का साथमा आउँदै पासाङ शेर्पा


प्रकाशित मिति : श्रावण ७, २०७६ मंगलबार

न्युयोर्क निवासी गीतकार पासाङ शेर्पा नयाँ गीतका साथ आउँदैछन् । सयौं डाडा काट्दै आएँ बोलको उनको नयाँ गीत छिट्टै रिलिज हुने तयारीमा रहेको छ ।

हरि लम्सालको संगीत र नेपाल आइडलको सिजन २ बाट उदायका बिक्रम बरालको स्वरमा रहेको उक्त गीतको रेकर्ड भइसकेको शेर्पाले जानकारी दिए । एकातिर जीवनका अनेक उकाली ओराली, डाँडाकाँडा काटेर आएको सांकेतिक झलक गीतमा रहेको छ भने अर्कोतर्फ सयौं डाडा काटेर र सयौं खोला तरेर विदेशीनेको व्यथा पनि गीतले समेटेको छ ।

गीतको शाब्दिक र मेटाफोरिकल अर्थ रहेको गीतकार पासाङ शेर्पाको भनाई छ । यसअगाडि उनको नरोउ तिमी बोलको गीत युट्युबमा मात्र ६ मिलियन पटक हेरिएको थियो ।

मेरो लेखन यथार्थपरक छ : पासाङ शेर्पा, गीतकार

न्युयोर्क निवासी पासाङ शेर्पाको एउटै गीत २ अवार्डका लागि ९ विधामा नोमिनेशन

कुटुमा कुटुपछि स्वस्तिमा खड्काको नयाँ म्युजिक भिडियो, गीतकार पासाङ शेर्पा

पासाङको शब्द र तिलकको स्वर रहेको ‘सुनसान बगरमा’ को भिडियो आउने

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com