न्युयोर्क निवासी पासाङ शेर्पाको एउटै गीत २ अवार्डका लागि ९ विधामा नोमिनेशन


प्रकाशित मिति : आश्विन २, २०७५ मंगलबार

न्युयोर्क निवासी व्यवसायी तथा गीतकार पासाङ शेर्पाको एउटै गीत ‘नरोउ तिमी’ २ छुट्टा छुट्टै अवार्डका लागि ९ वटा विधामा नोमिनेशनमा परेको छ । यो गीत इमेज अवार्डका लागि बर्षको उत्कृष्ट गीत, उत्कृष्ट महिला गायक र उत्कृष्ट कम्पोजरका लागि नोमिनेशनमा परेको हो ।

त्यस्तै कालिका म्युजिक अवार्डका लागि ६ वटा विधामा नोमिनेशनमा परेको छ । उत्कृष्ट शब्द, उत्कृष्ट महिला गायक, उत्कृष्ट पुरुष कलाकार, उत्कृष्ट महिला कलाकार , उत्कृष्ट कम्पोजर र उत्कृष्ट भिडियो निर्देशनका लागि नोमिनेशनमा परेको हो ।

‘साँझ ढालेको थाहै पाएन’, ‘तल पर्यो सल्लेरी’, जस्ता गीतहरुमा कलाम चलाएर चर्चामा आउनु भएका न्युयोर्क निवासी गीतकार पासाङ शेर्पाको उक्त गीतको भिडियो युट्युबमा पनि ४२ लाख पटक हेरिसकिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाली संगीतिक क्षेत्रमा अहिलेको चर्चित संगीतकार हरि लम्सालको संगीतमा रहेको यो गीतमा ‘म तिम्रो नाफापेको मान्छे’, ‘मायासंग माया जस्ता’ र अन्य दर्जनौं चर्चित गीतहरु गाएर स्रोताको मन जितिसक्नु भएका सुमधुर स्वरका धनी गायिका निखिता थापाले स्वर दिनुभएको छ ।

उक्त गीतमा विभिन्न म्युजिक भिडियोको साथै हालै फाटेको जुत्ता नामक नेपाली चलचित्र बनाएर सर्वत्र चर्चा बटुल्न सफल चर्चित निर्देशक निकेश खड्काको निर्देशनमा एक्सन कट गर्नु भएको भिडियोमा स्वस्तिमा खड्कालाई चक्लेटी नायक तथा मोडल असिष श्रेष्ठले साथ दिनु भएको छ । करिब चार मिनेट पैंतालीस सेकेन्डको म्युजिक भिडियोमा अर्जुन तिवारीले क्यामरा चलाउनुभएको हो । यस भिडियोलाई कैँची चलाएर मिलाउने काम निशान घिमिरेले गर्नु भएको हो । मेकअप आर्टिस्ट सामारा लामाले सिँगारपटरको जिम्मा पूरा गर्नुभएको थियो ।

यो गीत गीतकार पसाङ सेर्पाको पहिलो गीति एल्बम नरोउ तिमी को टाइटल गीत हो । एल्बममा मदन दिपदिम, हरि लम्साल, राजकुमार बगर, सुरेश अधिकारी नरेन्द्र प्यासी जस्ता चर्चित संगीतकारहरुको संगीत रहेको एल्बममा ल्हक्पा सेर्पा, निखिता थापा, मेलिना राई, नेपाल तारा दिपक लिम्बू र प्रथम नेपाल आइडल बुद्ध लामाको सुमधुर आवाजहरु यस एल्बममा सुन्न सकिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com