कुटुमा कुटुपछि स्वस्तिमा खड्काको नयाँ म्युजिक भिडियो, गीतकार पासाङ शेर्पा


प्रकाशित मिति : मंसिर ८, २०७४ शुक्रबार

‘कुटुमा कुटु’ गीतबाट अत्यधिक चर्चा कमाउन सफल मोडल तथा नायिका स्वस्तिमा खड्काको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । साँझ ढालेको थाहै पाएन, तल पर्यो सल्लेरी, जस्ता गीतहरुमा कलाम चलाएर चर्चामा आउनु भएका न्युयोर्क निवासी गीतकार पासाङ शेर्पाको पहिलो गीति एल्बम ‘नरोउ तिमी ‘ मा समेटिएको टाइटल गित “नरोउ तिमी भन्छौ भनेको” भिडियो सार्वजनिक भएको हो । आज सार्वजनिक भिडियो एकैदिनमा हजारौं पटक हेरिएको छ । “नरोउ तिमी” एल्बम भने केहीदिनमा सार्वजनिक हुनेछ ।

नेपाली संगीतिक क्षेत्रमा अहिलेको चर्चित संगीतकार हरि लम्सालको संगीतमा, म तिम्रो नाफापेको मान्छे, मायासंग माया जस्ता र अन्य दर्जनौं चर्चित गीतहरु गाएर स्रोताको मन जितिसक्नु भएका सुमधुर स्वरका धनी गायिका निखिता थापाले स्वर दिनुभएको छ ।

विभिन्न म्युजिक भिडियोको साथै हालै फाटेको जुत्ता नामक नेपाली चलचित्र बनाएर सर्वत्र चर्चा बटुल्न सफल चर्चित निर्देशक निकेश खड्काको निर्देशनमा एक्सन कट गर्नु भएको भिडियोमा स्वस्तिमा खड्कालाई चक्लेटी नायक तथा मोडल असिष श्रेष्ठले साथ दिनु भएको छ । करिब चार मिनेट पैंतालीस सेकेन्डको म्युजिक भिडियोमा अर्जुन तिवारीले क्यामरा चलाउनुभएको हो । यस भिडियोलाई कैँची चलाएर मिलाउने काम निशान घिमिरेले गर्नु भएको छ । मेकअप आर्टिस्ट सामारा लामाले सिँगारपटरको जिम्मा पूरा गर्नुभएको थियो ।

गीतकार पसाङ सेर्पाको पहिलो गीति एल्बम “नरोउ तिमी“ मा मदन दिपदिम, हरि लम्साल, राजकुमार बगर, सुरेश अधिकारी नरेन्द्र प्यासी जस्ता चर्चित संगीतकारहरुको संगीत रहेको एल्बममा ल्हक्पा सेर्पा, निखिता थापा, मेलिना राई, नेपाल तारा दिपक लिम्बू र प्रथम नेपाल आइडल बुद्ध लामाको सुमधुर आवाजहरु यस एल्बममा सुन्न सकिने छ ।

गीतकार ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com