पासाङको शब्द र तिलकको स्वर रहेको ‘सुनसान बगरमा’ को भिडियो आउने


प्रकाशित मिति : श्रावण १९, २०७५ शनिबार

अमेरिका निवासी गीतकार पासाङ शेर्पाको शब्दमा अमेरिका निवासी गायक तिलक श्रेष्ठ सुनसान बगरमा बोलको गीतको भिडियो आउने भएको छ । श्रेष्ठ अमेरिकामा रहेका नेपालीमाझ चर्चित गायक हुन् ।

‘तल पर्यो नाम्चे गाउँ ,माथि पर्यो सल्लेरी’, ‘साँझ ढलेको थाहै भएन’, ‘डिलमुनी मेरो घर’, ‘ नरोऊ तिमी भन्छौ भने’, ‘सयौँ डाँडा काट्दै आएँ’ जस्ता चर्चित गीतहरु लेखिसकेका पासाङको नरोऊ तिमी भन्छौ भने बोलको गीत युट्युबमा मात्र ३८ लाख पटक हेरिएको छ ।

प्रकाश धितालको निर्देशन रहेको भिडियोमा जीवन भट्टराई र सम्पदा बानियाको अभिनय हेर्न पाइने छ । हरि लम्सालको संगीत, उत्सव दाहालको क्यामेरा, निशान घिमिरेको सम्पादन रहेको भिडियोमा सविना गुरुङको मेकअप रहेको छ ।

मेरो लेखन यथार्थपरक छ : पासाङ शेर्पा, गीतकार

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com