बाल संवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार दश पत्रकारलाई


प्रकाशित मिति : असार २५, २०७६ बुधबार

यस वर्षको ‘बाल संवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’ राष्ट्रिय समाचार समिति (रासस)का प्रकाश सिलवालसहित १० जना पत्रकारलाई प्रदान गरिने भएको छ ।

नेपाल पत्रकार महासङ्घले केन्द्रीय बालकल्याण समितिको सहकार्यमा प्रदान गर्दै आएको सो पुरस्कारबाट राससका सिलवाल, नागरिक दैनिकका हिमाल लम्साल (संयुक्त उपत्यका) र खगेन्द्र अधिकारी (उपत्यका बाहिर, ताप्लेजुङ) लाई प्रदान गर्ने निर्णय गरेको हो ।

रेडियोतर्फ उपत्यकामा रामकुमारी खड्का (रेडियो उज्यालो एफएम) र उपत्यका बाहिरबाट रुमा रिजाल (रेडियो सप्तकोशी एफएम) लाई प्रदान गर्ने भएको छ । त्यस्तै टेलिभिजनतर्फ धनवीर दाहाल, रुकुम (नेपाल टेलिभिजन) र कोपिला पोखरेल (बुद्ध आवाज टेलिभिजन, (कपिलवस्तु), जनता टेलिभिजनबाट धनमाया भुसाल (नवलपरासी (संयुक्त–उपत्यका बाहिर) र कार्यक्रम प्रस्तोतातर्फ सामुदायिक रेडियो प्रसारक सङ्घ (सिआइएन) र कान्तिपुर एफएमका शर्मिला खनाललाई प्रदान गरिने भएको छ ।

पुरस्कार छनोटका लागि नेपाल पत्रकार महासङ्घ, केन्द्रीय बालकल्याण समिति र प्रेस काउन्सिल नेपालको संलग्नतामा गठित छनोट समितिले यही असार १७ गते बसेको बैठकले उक्त १० जना पत्रकारलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । छनोटका लागि गत वैशाख २६ गतेदेखि जेठ १५ गतेसम्म प्राप्त भएका २८ आवेदनको अध्ययन तथा छानबिन गरी रेडियो, छापा, टिभी र कार्यक्रम प्रस्तोतालाई दिने भएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

छनोट समितिले आवेदनमा सामग्रीको प्रस्तुति र भाषा, विषयवस्तुको छनोट तथा गहनता, विषयको सान्दर्भिकता, खोज तथा अनुसन्धान पत्रकारिता प्रयोग एवं व्यक्तिगत विवरण र अनुभवलाई मूल्याङ्कनको आधार बनाएको थियो ।

सो पुरस्कार यही असार २९ गते महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा मगरले प्रदान गर्नुहुनेछ । पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com