नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द बिष्टलाई मातृशोक


प्रकाशित मिति : जेष्ठ २८, २०७६ मंगलबार

नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टलाई मातृशोक परेको छ । उहाँकी आमा कमलादेवी बिष्टको गएराती धनगढीमा आफ्नै निवासमा ९० बर्षको उमेरमा देहवशान भएको छ ।

नेपाली समयअनुशार राती एकबजे उहाँको निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

परिवारका  सदस्यहरुका साथमा रहदै आउनुभएकी आमाको परिवारका सदस्यहरुकै बीचमा स्वर्गरोहण भएको हो । अमेरिकाको न्युयोर्कमा रहदै आउनुभएका आनन्द बिष्ट आमाको देहवशानपछि नेपाल फर्कनुभएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com