फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एपमा विश्वभर समस्या


प्रकाशित मिति : बैशाख १, २०७६ आईतबार

चर्चित सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एपमा समस्या आएको छ । आईतबार अपरान्ह नेपालसहित विश्वभरका प्रयोगकर्ताले ३ सामाजिक सञ्जालमा समस्या व्यहोरेका हुन् ।

फेसबुकसँग मातहतको इन्स्टाग्राम र ह्वाट्स एपमा आईतबार साँझदेखि विश्वभर ‘डाउन’ भएको अन्तर्‍ाष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । नेपाली प्रयोगकर्ताले ट्वीटरमा फेसबुकलाई मेन्सन गरेर समस्याबारे जिज्ञासा राखिरहेका छन् ।

यी सामाजिक सञ्जालबारे वेवसाइटको मनिटर गर्ने डाउनडिटेक्टर डट सीओ डट यूकेमा सयौं गुनासो दर्जा भैसकेको बेलायती पत्रिका मिररले अनलाइन संस्करणमा उल्लेख गरेको छ । हाल फेसबुकको वेवसाइट खोल्ने वित्तिकै एरर म्यासेज आउन्छ  ।

किन यी सामाजिक सञ्जालमा समस्या आयो भन्ने बारे अहिलेसम्म खुलेको छैन । फेसबुकले पनि आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com