अष्ट्रेलियामा पहिलो पटक नेपाली मुलका युवा संघीय सांसदको उम्मेदवार


प्रकाशित मिति : चैत्र २९, २०७५ शुक्रबार

पहिलो पटक अष्ट्रेलियामा नेपाली मुलका युवा संघीय सांसदको उम्मेदवार बन्ने भएका छन् ।

अष्ट्रेलियाको सत्तासिन लिबरल पार्टीले नेपाली युवा पिजे (प्रमेज) श्रेष्ठलाई आगामी आम निर्वाचनमा संघीय सांसदको उम्मेदवार बनाउने घोषणा गरेको हो ।

लिबरल पार्टीका न्यू साउथ वेल्स राज्य कमिटीका नेताले आफूलाई उम्मेदवार बनायएको बारेमा जानकारी दिएको पिजे श्रेष्ठले बताए ।

श्रेष्ठलाई उमेद्वार बनाइएको बार्टन क्षेत्र अष्ट्रेलियन लेबर पार्टीको बर्चश्व भएको निर्वाचन क्षेत्र हो । नेपालीहरूको घना बस्ती भएको सिड्नीको रकडेललगायतका ठाउँहरू पनि यो क्षेत्रमा पर्छन् ।

२० बर्ष अघी ६ वर्षको उमेरमा बाबाआमासँग अष्ट्रेलियामा आएका श्रेष्ठ नेपालको नवलपरासी जिल्लाका हुन् । उनका बुवा मेघराज नवलपरासीका कृषी उद्यमी हुन् । मेघराज अष्ट्रेलियामा लामो समयदेखि शिक्षा ब्यवसायमा आबद्ध हुँदै आइरहेका कहलिएका ब्यवसायी हुन् । मोडलिङ क्षेत्रमा समेत रूचि राख्दै अगाडि बढेका प्रमेजले मिस्टर नेपाल ओसिनिया शीर्षकको अवार्ड हात पारेका थिए ।

उनी अष्ट्रेलियामा अष्ट्रेलियन विद्यार्थीको लागि यातायात छुट गराउने अभियानमा पनि थिए ।

श्रेष्ठले आफूले विगत केही वर्षयता अष्ट्रेलियाको राजनीतिमा चासो दिएको र खटेर काम गरेकाले पार्टीले उम्मेदवार बनाएको बताए ।

आफ्नो उम्मेदवारी अष्ट्रेलियामा भएका समग्र नेपाली मूलका अष्ट्रेलियनको लागि गौरव भएको उनले बताए । ‘म जुनसुकै पार्टीको उम्मेदवार भएता पनि नेपालीहरुको हक–हितको पक्षमा लड्दै आफूलाई विश्वास गर्ने र मत दिने मतदाताहरूको पक्षमा आवाज उठाउने छु’, प्रमेजको प्रतिबद्धता छ |

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com