अष्ट्रेलियाका यी अर्बपतीले आफूसँगै विश्व भ्रमण गर्न जानेलाई दिनेछन् ५७ लाख रुपैयाँ


प्रकाशित मिति : चैत्र २८, २०७५ बिहीबार

स्वनिर्मित अर्बपति म्याथ्यू लेप्रेले विश्वभ्रमण गर्नका लागि सहयोगीको खोजी गरिरहेका छन् ।

सिड्नीका २६ वर्षे युवा व्यवसायीले युनिभर्सिटी छोडेको ६ महिनापछि ई कमर्स र कोचिङको आफ्नै व्यवसाय सुरु गरे । यसले उनलाई विश्वको जुनसुकै कुनामा काम गर्न सहज बनायो ।

उनी जीवनभरी आफूसँग विश्व भ्रमण गर्न इच्छुक व्यक्तिको खोजीमा छन् । ती व्यक्तिलाई उनले प्रतिवर्ष ५२ हजार डलर (५७ लाख रुपैयाँ) का साथै यात्रा, आवास र बीमा लाभ पनि दिनेछन् ।

‘मलाई धेरै मानिसहरुले आफूले सपनामा देखेको जीवनशैली कसरी बाँच्ने भनेर सोधिरहन्छन् । अब मलाई सहयोग गर्न कसैको खाँचो छ,’ म्याथ्यूले न्यूज डट कम डट एयूलाई भने ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘म अहिले व्यवस्थापनको उच्च क्षमता भएको, यात्राका लागि मार्ग विवरण मिलाउन सक्ने, सोसल मिडिया च्यानलको राम्रो ज्ञान भएको, एकैपटक थुप्रै काम गर्न सक्ने, स–साना कुरा पनि मिलाउन सक्ने, बिजनेस एडमिनको काम सम्हाल्न सक्ने र कम्प्युटरको राम्रो ज्ञान भएको व्यक्तिको खोजीमा छु ।’

‘ती व्यक्ति कडा मेहनत गर्न पनि अग्रसर हुनुपर्नेछ,’ उनले भने ।

यो अवसर पाउने व्यक्तिले संसारभरीको संस्कृतिबारे अनुभव गर्न पाउनेछन् । म्याथ्यूले तत्कालै स्पेन, ग्रीस, क्रोएसिया र मायामी भ्रमण गर्ने बताएका छन् ।

‘काम गर्दै गर्दा यात्रा गर्न पाउनु मेरो लागि सौभाग्यको कुरा हो र यो सौभाग्य म अर्को व्यक्तिलाई पनि बाँड्न चाहन्छु,’ उनले भने ।

‘यदि निवेदक १८ वर्ष माथिको छन् र माथि उल्लेखित सीप छ भने उनीहरुलाई युनिभिर्सिटी ग्र्याजुएट वा विद्यार्थी भनिनेछ ।’

‘किनभने मैले आफ्नो युनिभर्सिटीको पढाई सिद्धाइनँ,’ उनले भने ।

म्याथ्यू ई–कमर्स मास्टरमाइन्ड हुन् जसले २३ वर्षको उमेरमा ई–कमर्स वारियर एकेडेमीको स्थापना गरे ।

उनलाई युनिभर्सिटीमा पढ्नै मन लागेन न त उनलाई युनिभर्सिटी अफ मेलबर्नमा डेन्टिस्ट्रिको डिग्री हासिल नै गर्नुथियो । दुई हप्तापछि उनी सिड्नी फर्किए र आफ्नी एक्ली आमालाई सहयोग गर्न मजदुरी गर्न थाले ।

आफ्ना दुःखका दिनमा म्याथ्यूले अनलाईन व्यापार कसरी सुरु गर्ने भन्नेबारे अनुसन्धान गरे । त्यसको केही समयपछि नै उनले यस्तो व्यवसायको सुरु गरे जसमार्फत् उनले महिनामा एक लाख २० हजार डलरसम्म कमाई गरे ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com