अष्ट्रेलियाको नयाँ भिसा पोइन्ट सिस्टम : पार्टनर नहुनेलाई १० पोइन्ट


प्रकाशित मिति : चैत्र २६, २०७५ मंगलबार

संघिय सरकारले नयाँ पोइन्ट सिस्टम सार्वजनिक गरेको छ । सरकारले नयाँ रिजनल भिसा संगै स्टेट या टेरीटरी सरकारले नोमिनेट गरेकाहरुका लागि नयाँ भिसा पोइन्ट सिस्टम सार्वजनिक गरेको हो ।

जनरल स्किल्ड माइग्रेसन भिसा, सबक्लास ४९१, जसले अष्ट्रेलियाको अर्थतन्त्रमा सहयोग पुर्याएका छन्, उनीहरुका लागि नयाँ पोइन्ट सिस्टम लागु गरिएको उल्लेख गरिएको छ ।

यस्ता छन् पोइन्ट सिस्टमका परिवर्तन :
स्किल्ड पार्टनर हुनेहरुका लागि १० पोइन्ट,
राज्य सरकारले नोमिनेट गरेको तथा परिवारको सदस्यले स्पोन्सर गरेकाहरुका लागि १५ पोइन्ट,
STEM क्वालिफिकेसनका लागि १० पोइन्ट,
पार्टनर नहुनेहरुका लागि १० पोइन्ट,
अंग्रेजी भाषामा दक्ष पार्टनर हुनेहरुका लागि ५ पोइन्ट ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com