डिस्कभरीको संसार परिवर्तन गरिरहेका टप फाइभ केटीमा छानिइन् नेपाली चेली कञ्चन


प्रकाशित मिति : फाल्गुन २६, २०७५ आईतबार

संसार परिवर्तन गरिरहेका २५ बर्षभन्दा कम उमेरका टप फाइभ केटीहरुमा नेपाली चेली कञ्चन अमात्य छानिएकी छिन् । डिस्कभरीले २१ बर्षकी मलाला युसुफजायी, २३ बर्षकी कञ्चन अमात्य, १६ र १४ बर्षका मेलाती र इसावेल, २१ बर्षकी लाइडिया को, २१ बर्षकी नेहा गुप्तालाई छनौट गरेको छ ।

मलाला युसुफजायी सन् २०१४ को नोबेल शान्ति पुरस्कार विजेता समेत हुन् । यही टप फाइभमा छनौट भएकी नेपाली चेली कञ्चन अमात्य क्लिन्टन फाउण्डेशनबाट सम्मानित भएकी थिइन् ।

महिलाको आर्थिक शशक्तिकरणका युएन वुमन ग्लोबल च्याम्पियनका रुपमा काम गरिरहेकी कञ्चनले महिला बेचबिखनबिरुद्धको अभियानमा सुरु गरेकी छिन् ।

यस अगाडि कञ्चन एसियाका ३० बर्षमुनीका ३० जनाको फोब्र्स सुचीमा सुचीकृत भएकी थिइन्। अमेरिका निवासी कञ्चन नेपालमा सस्टेनेबल फिस फार्मिङ इनिसियटिभकी संस्थापक समेत हुन् । ग्रामिण क्षेत्रका महिलाहरुको आर्थिक स्तरोन्नतीका क्षेत्रमा उनले काम गर्दै आएकी छिन् । फोब्र्सको सुचीमा कञ्चनको नाम पहिलो नम्बरमा थियो ।

कञ्चन सामाजिक अभियन्ता, महिला अधिकारवादी र वातावरणविदका रुपमा चर्चित छन् ।

डिस्कभरीको पूरै लेख यहाँ पढ्न सक्नुहुनेछ

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com