२३ बर्षीया अमेरिकी ओलम्पिक साइकल यात्रीबाट आत्महत्या


प्रकाशित मिति : फाल्गुन २६, २०७५ आईतबार

२३ बर्षीया अमेरिकी ओलम्पिक साइकलयात्री केली क्याटलिन मृत अवस्थामा भेटिएकी छिन् । उनले आत्महत्या गरेको उनका बाबु मार्क क्याटलिनले पुष्टी गरेका छन् ।

सन् २०१६ देखि १८ सम्म उनले तीनवटा विश्व टाइटलहरु जितेकी थिइन् । स्टानफोर्ड युनिभर्सिटीमा अध्ययनरत उनी भायोलिन बाधक समेत हुन् ।

सन् २०१६ को रियो दि जेनेरियोमा सम्पन्न ओलम्पिकमा सिल्भर मेडल जित्ने टिममा पनि उनी थिइन् । उनको मृत्युले अमेरिकाको सिंगै खेलजगत दुखी बनेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com