अष्ट्रेलियामा ट्याक्स ठगी गर्ने भारतीय विद्यार्थीलाई दुई वर्षभन्दा बढीको जेल सजाय


प्रकाशित मिति : फाल्गुन २४, २०७५ शुक्रबार

अष्ट्रेलियामा ट्याक्स ठगी गर्ने एक भारतीय विद्यार्थीलाई दुई वर्षभन्दा बढीको जेल सजाय भएको छ । उनले १ लाख डलर भन्दा बढी ट्याक्स ठगी गरेको भेटिएको हो ।

थरुण लिक्की मेलबर्नमा कम्प्युटर नेटवर्किंगका विद्यार्थी हुन् । उनले भारतबाट अष्ट्रेलियामा पढ्नको लागि गैरकानुनी तरिकाले भिसा लिएका विद्यार्थीहरुको भिसा विवरण लिए । त्यसपछि उनले ती भिसा विवरणबाट ट्याक्स फाइल नम्बर बनाए र ट्याक्स रिटर्नको लागि पेश गरे ।

उनले जुलाई २०१३ मा २२ हजार १ सय ८० डलर र अक्टोबर २०१४ देखि अक्टोबर २०१५ मा १ लाख १७ हजार ५ सय ४० डलरको रिफण्डको लागि पेश गरेका थिए । त्यसको लागि उनले आफ्नो दाइ र साथीको विवरण प्रयोग गरेको बताइएको छ । जसले गर्दा रिफण्ड दाइ र साथीकै बैंक खातामा जान्थ्यो । र, पैसा गइसकेपछि ती खाताबाट थरुणले आफ्नो खातामा त्यो रकम ट्रान्सफर गर्थे ।

सुचनाको आधारमा ट्याक्स अफिस, प्रहरी, बोडर फोर्स, कमवेल्थ डाइरेक्टरको संयुक्त अनुसन्धानबाट यो ठगी प्रकरण बाहिर आएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ठगी प्रमाणित भएपछि थरुण लीक्कीलाई दुई वर्ष तीन महिनाको जेल सजाय दिइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com