अष्ट्रेलियामा सार्वजनिक यातायातको भाडा १ डलर मात्र बनाउन एनएसडब्लु ग्रीनको प्रस्ताव


प्रकाशित मिति : फाल्गुन २४, २०७५ शुक्रबार

एनएसडब्लु ग्रीनले सार्वजनिक यातायातको भाडा १ डलर मात्र बनाउने प्रस्ताव गरेको छ । उसले निर्वाचनमा सार्वजनिक यातायातलाई सहज र नयाँ दिशामा लैजाने प्रतिबद्धताका साथ अगाडी बढ्ने बताइरहेको छ । जसअनुरुप, ट्रेन तथा बसको भाडा १ डलर हुनेछ।

यो योजना महत्वकांक्षी भएको प्रतिक्रिया आइरहेको छ । तर एनएसडब्लु ग्रीनले भने यसलाई लागु गर्न सकिने बताइरहेको छ । उसका अनुसार, यो योजनाको लागि वार्षिक ७५० मिलियन डलर खर्च लाग्नेछ ।

एनएसडब्लुले नीजि सवारीसाधनको कर, पार्किङ्ग आदि बढाएर, निजी बाटोहरु तथा सडकमा जाने ठूलो बजेटलाई कटाएर यो योजनामा खर्च गर्न सकिने बताएको छ । उसले यसो गर्नाले सार्वजनिक यातायात मात्र नभएर सहर तथा वातावरणमा पनि ठूलो परिवर्तन आउन सक्ने बताएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com