अमेरिकामा गाडीको ठक्करबाट ७२ बर्षका भण्डारीको घटनास्थलमै मृत्यु
प्रकाशित मिति : फाल्गुन १५, २०७५ बुधबार

अमेरिकाको भर्जिनियाको टाइसन कर्नरमा गाडीको ठक्करबाट एकजना नेपालीको मृत्यु भएको छ । मंगलबार भएको दुर्घटनामा ७२ बर्षका चन्द्र भण्डारीको निधन भएको हो । फल्स चर्च बस्ने भण्डारीको घटनास्थलमा नै निधन भएको थियो ।
बाटोमा हिडिरहेका भण्डारीलाई गाडीले ठक्कर दिएको जनाइएको छ । ठक्कर दिएपछि चालक फरार रहेको प्रहरीले जनाएको छ । भण्डारीको शव बाटो काट्ने स्थाननेर फेला परेको थियो । बाटो काट्न लाग्दा भण्डारीलाई गाडीको ठक्कर दिएको प्रारम्भिक अनुमान छ ।